सेयर कारोबारमा उछाल, बजारले २९२६ अंक पार गर्‍यो | Khabarhub Khabarhub

सेयर कारोबारमा उछाल, बजारले २९२६ अंक पार गर्‍यो


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माघ महिनाको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ ।

यो दिन बजारमा इन्डेक्ससहित कारोबार रकममा पनि उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म आइपुग्दा ६९ अंकले बढेर परिसूचक २९२६.७४ बिन्दुमा रोकिएको छ । यो दिन सेयर बजार २.४१ अंकले बढेको छ ।

२२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा किसान लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, सिन्धु विकास बैंकको सेयर मूल्य बढेको छ । यी कम्पनीमा लगानी गरेका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ ३९.४७, विकास बैंक १४३.४२, फाइनान्स ५६.६२, जलविद्यूत ७५.२६, जीवन बीमा ३८९.५१, उत्पादन तथा प्रशोधन ४०९.८२, माइक्रोफाइनान्स ११०.४५, निर्जीबन बीमा समूहको उपसूचक २६६.२२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ४ : ३० बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम