सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेको छ : अध्यक्ष तिमिल्सेना | Khabarhub Khabarhub

सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेको छ : अध्यक्ष तिमिल्सेना


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज सुर्खेतमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीयता पक्षधरहरुले व्यवहारमा राम्रो काम गर्न सकेमात्र विरोधी आवाज मत्थर हुँदै जाने बताए ।

सङ्घीयता ठीक छ भन्ने कुरा व्यवहारमा काम गरेर देखाउन आवश्यक रहेको बताउँदै उनले भने, ‘सङ्घीयता चाहिँदैन भन्नेहरुको मुख बन्द गर्नका लागि पनि उत्कृष्ट काम गरेर देखाउनैपर्छ ।’

अध्यक्ष तिमिल्सेनाले जनतालाई सुशासन, सेवा प्रवाहमा सहजता, विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिएमा नै सङ्घीय व्यवस्था सफल हुने विचार व्यक्त गरे । सङ्घीयताको जग स्थानीय तह भएकाले त्यसलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

‘जग बलियो नहुँदासम्म घर बलियो हुँदैन, सङ्घीयताको जग स्थानीय तह हो’, उनले भने, ‘स्थानीय तहलाई बलियो बनाउँदा देश बलियो बन्छ ।’

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाहीले सङ्घीयता भनेकै प्रदेश तह भएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ५० बजे

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र