बेल्जियमलाई हराउँदै फ्रान्स बन्यो समूह विजेता | Khabarhub Khabarhub

बेल्जियमलाई हराउँदै फ्रान्स बन्यो समूह विजेता


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २-१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

अघिल्लो खेलमा इटालीलाई ५-१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

खेलमा अग्रता फ्रान्सले बनायो । उसका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरिन्।  बेल्जियमकि कायमानले ३६औं मिनेटमा गोल गर्दा खेल १-१ को अवस्थामा बढ्यो । तर, पहिलो हाफ सकिन ४ मिनेटअघि एमबोक बाथीले गोल गरेपछि फ्रान्स विजयी भयो ।

समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक छ।

बिहीबार राति भएको खेलमा इटाली र आइसल्यान्डले १-१ अन्तरको बराबरी खेले।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ०७ बजे

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि