भक्तपुरमा नेमकिपाले दुई र कांग्रेसले दुई वटा खाता खोल्यो | Khabarhub Khabarhub

भक्तपुरमा नेमकिपाले दुई र कांग्रेसले दुई वटा खाता खोल्यो


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ।

भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो। वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएका हुन्को। यी दुवै उम्मेदवार यसअघिको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष थिए।

उता नेपाली कांग्रेसले पनि दुई वटा वडा जितेको छ। मध्यपुर थिमि नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्षमा विजयी भएको हो। वडा नं १ मा बाबुकाजी डंगोल विजयी भएका हुन्।

त्यहाँं एक जना वडा सदस्य भने एमालेबाट विजयी भएका छन्। यता मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर