एपीएफ क्लब नेपाल प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा पाचौँ | Khabarhub Khabarhub

एपीएफ क्लब नेपाल प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा पाचौँ


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एपीएफ क्लब नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा पाचौँ भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पाचौँ स्थानका लागि शुक्रबार दिउँसो भएको खेलमा एपीएफले पुश स्पोर्ट्स क्लब दिल्लीलाई ६ विकेटले पराजित गर्दै पाचौँ स्थान पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुश स्पोर्ट्स दिल्ली १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ६२ रनमा समेटियो ।

पुशलाई सस्तैमा समेट्न एपीएफका भुवन कार्कीले ४, विपिन खत्रीले २ तथा अमर सिंह रौतेला र नन्दन यादवले १–१ विकेट लिए ।

 ६३ रनको लक्ष्य एपीएफले १२ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । एपीएफको जितमा आयुश्मान बमले २१ रन र सन्दीप जोराले १२ रन जोडे ।

उपाधिको लागि भने शनिबार रूपन्देही र मलेसिया ११ दिउँसो २ बजे आमने सामने हुनेछन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : १८ बजे

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

माछा कुदेर समुद्रमा छाल उठ्दैन

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ सन् १९५८

खोटाङमा १४३ जनाको आँखाको शल्यक्रिया

खोटाङ– नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा

चर्चामा १२ भाइ : गृहमन्त्रीदेखि गोविन्द केसीसम्म

काठमाडौं- पछिल्लो समय नेपालको राजनीति उतारचढावपूर्ण, विवादास्पद एवं बैरागलाग्दो देखिएको

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं– नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने प्रतिबद्धता व्यक्त