उत्तर कोरियाली ह्याकरले एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा | Khabarhub Khabarhub

उत्तर कोरियाली ह्याकरले एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली ह्याकहरुले एकैपटकमा ६२ करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको खुलासा भएको छ ।

अमेरिकाको संघीय जाँचबुझ निकाय एफबीआईले उत्तर कोरियाली ह्याकहरुका समूहले एक भिडियो गेम कम्पनीबाट एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा गरेको हो ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार उत्तर कोरियाली ह्याकिङ समूह लजारस ग्रुप र एपीटी ३८ ले मार्च २९ का दिन ६२ करोड डलर बराबरको इथेरियम नामक क्रिप्टो चोरी गरेका थिए ।

यसअघि भिडियो गेम ‘एक्सी इन्फिनिटी’ को कम्प्युटर सञ्जाल ह्याक भएको जनाइएको थियो । ‘एक्सी इन्फिनिटी’ को निर्माता कम्पनी स्काई माभिसले मार्च २९ मा अज्ञात ह्याकरहरुले ६० करोड बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको जनाएको थियो ।

सर्वोच्च नेता किम जोङ उनको शासनकालमा उत्तर कोरियाले साइबर आक्रमणमार्फत ठूलो परिमाणमा पैसा संकलन गर्दै आएको बताइन्छ । साइबर आक्रमणबाट चोरी गरेको पैसा उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्दै आएको छ ।

उत्तर कोरियाले गत महिनामात्रै चार वर्षपछि पहिलो पटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

क्रिप्टोकरेन्सीको निगरानी गर्दै आएको चेनएनलाइसिस नामक श्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार पछिल्ला केही वर्षयता लजारस ग्रुपले साइबर आक्रमणमार्फत अनुमानित १ अर्ब ७५ करोड बराबरको डिजिटल मुद्रा चोरी गरिसकेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : ४२ बजे

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०

हिरासत छलेर अस्पतालमा बस्नेलाई रोक्न गृहले जारी गर्‍यो तीन बुँदे मापदण्ड

काठमाडौं- कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्यापटप

इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं–  इजरायल पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आराेपमा काठमाडौं

राजबहादुर हत्या प्रकरण : क्रान्तिकारी अध्यक्ष सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा नचल्ने

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय