प्रधानमन्त्री, मन्त्री निवासमा सागसब्जी लगाउने बेला भएन र ? « Khabarhub

प्रधानमन्त्री, मन्त्री निवासमा सागसब्जी लगाउने बेला भएन र ?


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

शेरबहादुर देउवा सरकार आउदा अर्थतन्त्र एकदम स्वच्छ थिएन । केपी ओली नेतृत्वको सरकार हुँदा पनि अर्थतन्त्र खराब नै थियो । खराब अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ लान खोज्दा अहिले झन् घट्ने प्रक्रियामा जान थाल्यो ।

अब ब्यापार घाटा उहाँहरू(ओली)ले छोडेर जाने वर्षको १२ महिनामा जम्मा १३ सय ८९ अर्ब छ । ओली सरकारको बेलाको वर्षको छोडेर जाने बेलाको कूल व्यापार घाटा १३ सय ८९ अर्ब हो ।

तर अहिले ८ महिनामै १२ सय अर्ब पुग्न थालिसक्यो । भनेपछि स्थिति त अलि नकारात्मक र सोचनीय नै छैन र ? अब हामीले जाने पनि नजाने पनि पुँजीगत खर्च यस्तो÷उस्तोभन्छौँ । अब पुँजीगत खचमा पनि अहिले कमी भैइरहेको छ । पोहोर ९ महिनामा २६.३८ प्रतिशत थियो । अब अहिले खर्च २४ प्रतिशत मात्र छ ।

अब वैदेशिक मुद्रा सञ्चितीमा चाप परिराखेको छ । १०(११ महिनाको वस्तु धान्ने स्थितिबाट अहिले हामी ६ महिनाजति धान्ने अवस्थामा आइसक्यौँ । चिन्तनीय विषय होइन ? चिन्ता धेरै गर्नुपर्ने होइन ? किनभने हामीले ब्यापार घाटा मात्र ३ महिनालाई पुग्यो भने हामीले धेरै सोच्नु पर्दैन ? उस्तै खेलमैदान हुँदाखेरी हिजो कहाँ हुनुहुन्थ्यो र आज कहाँ हुनुहुन्थ्यो भनेर त्यो हेर्नुपर्‍यो नि ।

त्यसरी हेर्दाखेरि हामी हिजोभन्दा आज खस्किदै छौं । अब प्रधानमन्त्री पनि झ्यास्स हुनुभए जस्तो छ । अब व्यापारतिर जानुुपर्‍यो, निर्यात बढाउनुुपर्‍यो । आलु, प्याँज, गोलभेडा पनि इन्डोनेसिया, बङ्लादेश, भारत, चीनबाट आइरहेको छ । सुपारी मात्र होइन, मरिच मात्र होइन, केराउ मात्र होइन, यसरी आइरहेको छ । मन्त्रीज्यूलाई बढी थाहा होला ।

प्रधानमन्त्री निवासमा कति रोपनी होला खाली जमिन ?

यी सबैहरूले १-१, १-५, १-५ रोपनीमा सागसब्जी लगाउने बेला भएन ? देखाउनुपर्‍यो । यसैबाट हो नि । साग आयात गरेर खाने अनि जमिन बाँजो राख्ने ? अमेरिकामा अनेक विकृति र विसङ्गतिहरू छन् । तर उनीहरूले आफ्नो पहिलो जोडीलाई आदर्श मान्छन् । अहिलेको प्रधानमन्त्रीको पत्नी, कांगे्रसको नेतृ उच्च शिक्षित हुनुहुन्छ । उहाँहरू दुइ जना मिलेर ल है हामीले आधा रोपनीमा चम्सुर, पालुङ्गो, केराउ, काँक्रा लगाउन सुरु गर्‍यौँ भनेर त्यति गर्‍यो भने त्यसले अर्कै सन्देश देला नि ।

६ महिनामा मन्त्रीज्यू, तपाई हामीले ५० अर्बको खाद्यान्न किनेर खायौं । यो कृषि प्रधान देशमा । जहाँ ६५ भन्दा बढी प्रतिशत हाम्रो जनसङख्या कृषिमै निर्भर छ । मेरो अनुरोध के हो भने सागको उत्पादन बढाउनलाई साग रोप्न, बिउ छर्नलाई र त्यसलाई हार्डवेष्ट गर्नलाई दुई वर्ष कुर्नुपर्दैन ।

धान, गहुँलाई पनि त उत्पादन गर्र्न २ वर्ष कुर्नुपर्दैन । गफै चुटेर मात्र, ठगेर खाने यो देशलाई ? पोहोर पनि नराम्रो थियो । अहिले हाम्रो अर्थतन्त्र कहाँ छ ? के छ ? अघिल्लो वर्षको र अहिलेको तुलना गर्दा कस्तो छ ?

अर्थतन्त्र त्यसरी खस्किदै छ भने हामीले गम्भीर हुनु पर्‍यो कि परेन ? अब यसमा तरलता अभाव भन्ने कुरा पहिलो चोटी सुनेको हैन । पहिला पहिला तरलता अभाव कम हुन्थ्यो तर अहिले बढी छ । प्रत्यक्ष/अप्रत्यक्ष आयात नै छ नि ।

आयातको लागि कर्जा जान्छ । अरु चिजबाट गएका कुराहरू पनि आयातमै पो गएका हुन् कि ? त्यसैले सन्तुलनमा चाप भइरहेको छ । भुक्तानीमा अरु कर्जा पनि आयातमै गएकोले सन्तुलनमा समस्या आएको हो ।

एउटा कारण निक्षेप संकलन गैर बैंकमा गयो । अर्को कारण हामीले बजेटमा खर्च गर्न सक्दैनौं । यस्ता कुराहरूले गर्दा हामीले समय खेर फलिरहेका छौं । हामी श्रीलङका जस्तो नपुगिसकेको भएता पनि तर यसलाई हामीले गम्भिरतापुर्वक लिनुपर्छ । होइन भने त्यो स्थितिमा पुग्न धेरै समय लाग्दैन ।

एउटा कुरा ३ दशकसम्म सिभिल वार्ड खेपेको श्रीलङकाको अर्थतन्त्र गलत बाटोमा पुगेन त्यो बेला पनि । अहिले पुग्यो त । हाम्रो दन्द्धकालमा तहसनहस हुँदाखेरि राजनीतिक मुद्दाले हाम्रो देशलाई, हामीलाई व्यस्त गर्दियो कि ? हामीले आर्थिक फाटमा ध्यानै दिएनौं । एसियामा यस्ता देश छन् । जसले यी कुराहरूलाई खेपेर पनि अर्थतन्त्रलाई जोगाए ।

आयातलाई मात्र भन्ने हो भने । हो सुनलाई किन नगर्ने हामीले ? अत्तरलाई किन नरोक्ने? यस्ता चिज रोकौै न । तर अब पेट्रोल पनि नबेच । हप्तामा एक दुई दिन कलेज बन्द गर भनेर बोल्नु हुँदैन । त्यसको असर के मा हुन्छ त । उत्पादन के हुन्छ ? का जान्छ? आयातलाई यहाँ धेरै राक्न सकियो भने आयातमुखी अर्थतन्त्र छ हाम्रो । रेमिट्यान्सको ५० प्रतिशतभन्दा बढी आयात गर्छौ । त्यस्तो स्थितिमा अहिले के हुने हो त ? तलब दुवाउने पैसा नहोला । म जुन १२० दिनको लकडाउन भयो नि । त्यो ओली सरकारले गरेको कदम गलत थियो । त्यो गर्नै हुँदैनथ्यो ।

त्यसले अर्थतन्त्रमा ठूलो घाउ लागेको छ । आकाशमा हवाइजहाज देखिँदैन । सडकमा मोटर गुडेको देखिदैन । कलकारखानामा मजदुर छैनन् । खेतबारीमा किसान छैनन् । अर्थतन्त्रलाई के भैराखेको होला ? पछि राष्ट्र बैंकक अध्ययनले के देखायो भन्दा सबभन्दा ठूलो घाउ त्यहीँ बेला लाग्या छ अर्थतन्त्रलाई । अनि थपिदै गयो।

त्यसैले हामी यथार्थपरक भएर समग्र दृष्टिकोण । एउटा कुरा गर्दाखेरि त्यसका निहितता र प्रषेपण के हुन्छन् भनेर सोचेर मात्र काम गर्नुपर्छ । जस्तो विश्वले विगतका वर्षहरूदेखि ३ वटा मार खेप्या छ नि त । कोरोनाले त विश्व अर्थतन्त्रलाई तहसनहस नै गरिहाल्यो ।

अहिले युक्रेनमाथि रुसको आक्रमण । यसले पनि त असर पर्दै छ । त्यसपछि हाम्रो आयातलाई प्रतिबन्ध लगाउने, बाहिरबाट सामान पनि महँगो हुने स्थिति भयो भने हाम्रो नियन्त्रणमा यस व्यसायको लागत के हुन्छ ? त्यसले बाहिरका मान्छेहरूलाई वातावरण तयार गर्छ । यसरी धेरै ठूलो असर गर्छ । त्यसैले पहिला समस्या के हो त्यसको यथार्थ हेरौं ।

त्यसको समाधान गर्न लाग्नुपर्छ । विस्तारै यो समस्या समाधान गर्न यर्थाथपरक हुदै लाग्नुपर्छ । सुरु गरेर गम्भीररूपमा गयौं भने हुनसक्छ । धेरै आतिनु पर्दैन । नत्र भने समस्या गम्भीर हुन्छ ।

(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्व गभर्नर तिलक रावलले राखेको धारणाको सम्पादित अंश)

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : २४ बजे

इजिप्टमा चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु

काठमाडौँ- इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको

बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो

जुम्ला- १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाको विषयमा राष्ट्रिय

पर्वतारोहणका लागि नयाँ हिमाल खुलाउँछौँ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि

चोरी गरेर अमेरिका पुर्‍याइएको सालभञ्जिका नेपाल फर्काइयो

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको १४ औँ शताब्दीतिर बनेको पुरातात्त्विक

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ  

काठमाडौँ- दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई