स्वास्थ्यसहित दुई सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्न सिफारिस | Khabarhub Khabarhub

स्वास्थ्यसहित दुई सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्न सिफारिस


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित दुई जना सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार भएको छ। निजामती सेवाका सचिव (विशिष्ट श्रेणी) को व्यवस्थापनलगायत विषयमा अध्ययन गर्न गठित कार्यदलले मन्त्रालयहरुमा दुई जना सचिव हुँदा झन् समस्या आइरहेको निष्कर्ष निकाल्दै मन्त्रालयहरुमा एक जना मात्र सचिव राख्न सिफारिस गरेको प्रतिवेदन तयार पारेको हो।

स्वास्थ्य मन्त्रालयमा अहिले स्वास्थ्य सेवाका डा. रोशन पोखरेल र प्रशासन तर्फकी देवकुमारी गुरागाईं सचिव छन्। स्वास्थ्यसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास र शिक्षा मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ।

कार्यदलले सचिवहरुको संख्या पनि घटाउन सिफारिस गर्ने तयारी गरेको छ। हाल देशका विभिन्न निकायमा ७२ जना सचिवको दरबन्दी रहेको छ। कार्यदलले उक्त संख्या घटाएर बढीमा ४८ सम्म राख्न सुझाएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउन भने बाँकी छ। सरकारले गत माघ १० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखाका सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

उक्त कार्यदलमा अर्थसचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव, जल तथा ऊर्जा आयोगका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव सदस्य छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखाका सहसचिव सदस्यसचिव छन्।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ४० बजे

पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक

काठमाडौं– जेठ १० बाट प्रदर्शनमा आउने ‘मल्टिस्टारर’ फिल्म पुजार सार्कीको

माधव सापकोटाले भने, ‘कांग्रेसले सरकारलाई अध्यादेशको बाटो दिदैँछ’ 

काठमाडौं– नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध कायम

लगानीको सम्भावना खोज्दै फिनल्यान्डको टोली नेपालमा

काठमाडौं– नेपालमा लगानी प्रवर्द्धन तथा लगानी साझेदारीका लागि ‘डुइङ बिजनेस

नेपालमा लगानी गर्न पोल्यान्डलाई चेम्बरको आग्रह

काठमाडौं– निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर

कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छाैँ

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध