वर्षभरका लागि समुदायको नेतृत्व चयन गर्दै मनाए थारू समुदायले माघी (भिडियोसहित) | Khabarhub Khabarhub

वर्षभरका लागि समुदायको नेतृत्व चयन गर्दै मनाए थारू समुदायले माघी (भिडियोसहित)


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघीपर्व मनाएका छन् ।

थारू समुदायले नयाँ वर्षमा स्नान, दान गर्नुका साथै मीठा खानेकुरा खानुका साथै वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा चुनेरसमेत माघीपर्व मनाउने परम्परा बसालेका छन् । स्थानीयस्तरमा लोकतन्त्रको अभ्यास हुनुअघिदेखि थारू समुदायमा लोकतान्त्रिक विधिबाट मुखियालगायत वर्षभर समुदायबाट नेतृत्व गर्ने विभिन्न पदको चयन हुन्छ ।

भिडियो हेर्नुहोस्

परापूर्वकालदेखि थारू समुदायले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दै आएका छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ । यसैले आजका दिन नयाँ नेतृत्व चयन गर्ने परम्परा बसालिएको हो ।

माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समानरूपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रूपमा माघी पर्व मनाएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : ३८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड