विवेकशील साझाबाट मिश्र र पाण्डे दुवै बाहिरिए | Khabarhub Khabarhub

विवेकशील साझाबाट मिश्र र पाण्डे दुवै बाहिरिए


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन भएका छन् ।

सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहको निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य बाँस्कोटालाई अध्यक्ष र रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य भट्टराईलाई चयन गरेको हो ।

सो पार्टीका बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार थिइन् । यस्तै ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।

यता मिलन पाण्डेले पनि पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन् । अर्थात उनी र उनको समूह अब विवेकशील साझामा रहने छैन । याेसँगै विवेकशील साझाबाट मिश्र र पाण्डे दुवै बाहिरिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ५० बजे

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गुडेको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल