कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाही | Khabarhub Khabarhub

कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाही


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्  । वीरेन्द्रनगरमा आज ‘गोरेटो बार एण्ड रेष्टुराँ’ को उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको विकासले प्रदेशको समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री शाहीले ‘हाई क्वालिटी’ का बारररेष्टुराँले यहाँ आउने पर्यटकलाई आरामदायी वातावरणको महसुस गर्न सक्ने बताए । ‘अहिले पनि कर्णाली आउने जो कोही व्यक्तिले वीरेन्द्रनगरमा राम्रो होटेल रेष्टुराँ छैन भनेर गुनासो गरेको सुनिन्छ’, उनले भने, ‘यस्ता सुविधासम्पन्न होटल खुल्दा स्वयं लगानीकर्ता व्यवसायी मात्र मुनाफा नभई समग्र प्रदेशको विकासमा धेरै मद्दत पुग्दछ ।’ नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष निरक केसीले सुविधासम्पन्न होटल रेष्टुराँले कर्णालीको पर्यटन विकासका साथै रोजगारीका अवसर सिर्जना हुने धारणा राखे । 

कांग्रेसका जिल्ला नेता हरि विष्ट र पत्रकार ज्योति कटुवालले करिब रु तीन करोड लगानीमा उक्त बार सञ्चालनमा ल्याउनुभएको हो । बारका सञ्चालक विष्टले १५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको र सुविधा थप विस्तार गर्दै जाने जानकारी दिए। उक्त अवसरमा मुख्यमन्त्री शाहीले समाजसेवी जयन्ती थापालाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ८ : ०४ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये