मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ | Khabarhub Khabarhub

मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् ।

उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्‍याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय रुपैयाँ लिएको अभियोग लागेको थियो ।

उनलाई सोही अदालतले सन् २००३ मा दोषी ठहर गरेको थियो । यद्यपि यस मुद्दा सन् २०१८ यता पुनरावेदनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी जमानतमा रिहा भएका थिए ।

यद्यपि अदालतको पछिल्लो आदेशसँगै उनलाई पुनः पक्राउ गरिएको भारतीय समाचार च्यानल टाइम्स नाउको अनलाइन संस्करणले जनाएको छ ।

उनलाई भारतीय अपराध संहिता आइपीसीको धारा ४०६, १२० बी, ४६५, ४६८, ४७१ र भारतीय राहदानी ऐन अनुसार सजाय सुनाइएको अदालतलाई उद्धृत गर्दै टाइम्स नाउले जनाएको छ ।

विदेशी कार्यक्रममा नृत्य टोलीमा सहभागी गराई उनी र उनका दाजु शमसेर सिंहले मानिसहरुलाई विदेश लैजाने गरेका थिए । हाल उनको दाजुको मृत्यु भइसकेको छ । उनीहरुविरुद्ध ३५ वटा उजुरी परेको जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : १० बजे

सार्वजनिक लेखा समितिमा पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठक

आज यी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल सिजनको अन्तिम खेलमा राजस्थान विजयी : चेन्नईविरुद्ध सूर्यवंशीको अर्धशतक

काठमाडौं – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को यो

नागढुङ्गा-नौबिसे सडक साढे चार घण्टा बन्द

काठमाडौं – राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय