१३ व्यावसायिक फर्मको बैंक खाता रोक्का | Khabarhub Khabarhub

१३ व्यावसायिक फर्मको बैंक खाता रोक्का


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरेकाे छ । लिखित तथा मौखिकरूपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए ।

यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर बक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर बक्यौता तर्फका छ वटा  व्यावसायिक फर्म रहेको उनले बताए । कारबाहीमा परेका र राजस्व नबुझाएकाले बैंकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ । यसैगरी चालु आर्थिक वर्ष २०७८/७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।  प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा रु पाँच अर्ब ७० करोड आठ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा  छ अर्ब चार करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । 

कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ एक अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल करतर्फ दुई करोड ७६ लाख ७२ हजार ,ब्याजकरतर्फ पाँच करोड  छ लाख ४२ हजार, मूल्यअभिवृद्धि करतर्फ ९९ करोड ३६ लाख ९७ हजार, अन्तशुल्क करतर्फ तीन अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ ६१ करोड ४३ लाख १० हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

सो अवधिमा कार्यालयको आयकरतर्फ एक अर्ब १२ करोड ९४ लाख ११ हजार, घरबहाल करतर्फ तीन करोड ५३ लाख ७८ हजार, ब्याज करतर्फ छ करोड ४० लाख, मूल्यअभिवृद्धि करतर्फ एक अर्ब ३३ करोड ४२ लाख, अन्तशुल्क करतर्फ दुई अर्ब ९८  करोड ८६ लाख ३६ हजार र स्वास्थ्य करतर्फ १४ करोड ९२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ५ : ३८ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ