वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभनमा पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई बिहीबार कलङ्कीबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु छ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा छ वर्ष कैद र छ लाख जरिवाना ठहर गरेकामा  फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको उनले बताए । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ३ : ५१ बजे

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको