छायांकन नगरी फर्कियो 'प्रसाद  २' टिम  | Khabarhub Khabarhub

छायांकन नगरी फर्कियो ‘प्रसाद  २’ टिम 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छायांकनको लागि लोकेशनमा पुगेको फिल्म ‘प्रसाद २’ टिम छायांकन नगरी फर्किएको छ। मुख्य कलाकार र निर्माण टिमबीच समन्वय नहुँदा छायांकनको लोकेसनमै पुगेको टिम वर्कसप गरेर फर्किएको छ । फिल्मको वर्कसप र कलाकारलाई स्थानीय लवजमा अभ्यस्त बनाउन निर्माण घोषणा गरेसँगै कलाकार लिएर निर्माण टिम कास्कीको ल्वाङ गाउँमा पुगेको थियो ।

बागलुङ जिल्लाको केही गाउँ समेत भिजिटसँगै दुई सातासम्म लोकेसनमै राखेर वर्कसप गराएर गाउँलेसँग घुलमिल गराउँदा पनि फिल्मका मुख्य कलाकार विपिन कार्की र नम्रता श्रेष्ठले समन्वय नगरेपछि फिल्मको छायांकन हुन् नसकेको फिल्मका एक सदस्यले बताए ।

बुधबार फिल्मको शुभ मुहूर्तसँगै छायांकन सुरु गर्ने सेड्युअल थियो । तर निर्देशक सुदर्शन थापाले ‘क्यामेरा अन’ गरेर ‘एक्सन कट’ बोल्ने समयमा सेटमा कलाकार नै उपस्थित नभएपछि फिल्मको छायांकन स्थगन भएको ती सदस्यले बताए । उनका अनुसार सुटिङ सुरु हुने समयमा पनि विपिनले गूड मूड छैन भनेपछि छायांकन हुन् नसकेको हो। ‘कलाकारले छायांकनको लागि टेक लिन तयार हुँदा मुड छैन , गर्दिन भनेपछि छायांकन अहिलेलाई रोकेर टिम काठमाडौं फर्किएको हो’ ती सदस्यले भने ।

उनले कलाकारहरुमा व्यसायिक धर्म नदेखिएको समेत बताए । ‘सम्पूर्ण युनिट छायांकन तय गरेर दुई साता देखि लोकेसनमै वर्कसप गरेर मुहूर्त गरिसक्दा समेत मुड छैन , बिहेमा जानु छ भन्नु व्यावसायिकता होइन’ फिल्मका ती सदस्यले भने । फिल्म छायांकनको लागि केही दिन यता ६० जनाको हाराहारीमा टिम गाउँमा थियो । विपिनले मुड छैन भन्दा नम्रताले बिहेमा जानु पर्ने अडान राखेकी थिइन् ।

नम्रताले लोकेसन छाडेपछि विपिन पनि निस्किएका थिए । फिल्ममा विपिन बाबुराम र नम्रता नारायणीको भूमिकामा छिन् । फिल्मको कथा यिनकै सेरोफेरोमा छ । फिल्मलाई निर्देशनको जिम्मा लिएका सुदर्शन थापाले आफू र कलाकारको समय मिलेपछि मात्र छायांकन हुने बताए । ‘तत्काललाई स्थगन हो, छायांकन जहिले पनि सुरु हुनसक्छ’, थापाले भने ।

शुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म ‘प्रसाद’को सिक्वेल हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए भने औपचारिक घोषणाको केही समय पहिले मात्रै सुदर्शन थापा फिल्मको ‘क्याप्टेन’को रूपमा भित्रिएका थिए । यो फिल्मको घोषणा समयमा निर्माताको रूपमा मेडिकल व्यवसायी केशव पाण्डे भित्रिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ३ : २५ बजे

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो