कांग्रेस बैठकमा आज पार्टीका मन्त्रीले जवाफ दिने | Khabarhub Khabarhub

कांग्रेस बैठकमा आज पार्टीका मन्त्रीले जवाफ दिने


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ ।

आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने तयारी छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीमाथि प्रश्न उठाएपछि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए।

बुधबार केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाइँ, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय र सञ्जयकुमार गौतमले आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसैगरी बैठकमा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, चम्पादेवी खड्का, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले आआफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बैठक सुरु भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : २७ बजे

पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

पोखरा । पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण

गण्डकी– गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित

वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा

काठमाडौं – विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम

वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

माले – माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार