श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग   | Khabarhub Khabarhub

श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग  


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । केही प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्रीको निवासमा प्रवेश गरेका थिए । तर, प्रधानमन्त्री त्यहाँ छैनन् ।

विक्रमसिंघेले श्रीलंकामा संकटकाल घोषणा गर्दै सेनालाई शान्ति सुव्यवस्था बहाल गर्न आवश्यक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले सरकार र विपक्षी दुवैलाई मान्य हुने प्रधानमन्त्री मनोनयन गर्न सभामुख महिन्दा यापा आबेवर्देनालाई जानकारी गराएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स प्रस्थान गरेपछि कोलम्बोमा व्यापक विरोध प्रदर्शन भइरहेकाले श्रीलंकाले बुधबार संकटकाल घोषणा गरेको छ । बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : ३९ बजे

आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बिहान उठ्ने बित्तिकै वाकवाकी लाग्छ ? समाधान थाहापाउनुहोस् !

काठमाडौं– अहिले गर्मीको मौसम छ । यो मौसममा धेरै स्वास्थ्यमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने

काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा