आईपीएलमा मुम्बईको लगातार पाँचौ हार « Khabarhub

आईपीएलमा मुम्बईको लगातार पाँचौ हार


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार पाँचौं हार व्यहोरेको छ।

बुधबार राति पुनेमा भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो।

१९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका देवल ब्रेभिसले सर्वाधिक ४९ रन बनाए । सूर्यकुमार यादवले ४३ रनको योगदान गरे ।

पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो ।

पन्जाबका शिखर धवनले सर्वाधिक ७० रन बनाए । कप्तान मायांक अग्रवालले ५२ रनको योगदान गर्दा मुम्बईका बसिल थाम्पीले २ विकेट लिए ।

जितसँगै पन्जाब ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । मुम्बईले ५ खेलबाट बिना अंक पुछारमा छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ६ : ४९ बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन २९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १४,

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।

जङ्गली जनावरको आक्रमणबाट २ जनाको मृत्यु

कर्णाली- भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानीका दुईको जङ्गली जनावरको आक्रमणबाट मृत्यु

देउवा र कोइरालाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता

हुमागाईंले बोलाए ४० खेलाडीलाई बन्द प्रशिक्षणमा

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्धको