नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज हुँदै | Khabarhub Khabarhub

नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज हुँदै


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई आफूमा गाभ्न सैद्धान्तिक सहमति पाएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले नबिल बैंकद्वारा नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रूपमा स्थापित हुने देखिन्छ ।

हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ ।

यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियोअनुरूप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।

पौष मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्बभन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्ब भन्दाबढी हुन आउनेछ ।

त्यस्तै, ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोडभन्दा बढी तथा एनबी बैंकको ८१ करोडभन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोडभन्दा बढी कायम हुनेछ ।

यस एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १२ : १३ बजे

पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा

काठमाडौं – नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको

तिब्बतबाट मेसिन ल्याएर गहुँ भित्र्याउँदै हिमाली भेगका किसान

गोरखा – हिमाली भेगका किसान कृषिमा यान्त्रिकरण भित्र्याउन थालेका छन्

कास्कीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा आज पहिरोमा परेर एक

छलफल गरेर मात्रै मिडिया काउन्सिल विधेयक अगाडि बढाउन अनुरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस

मनराशिसवाका किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट

जनकपुरधाम – सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा