पछिल्लो २४ घण्टामा ७४७ संक्रमित थपिए, ८ जनाको मृत्यु | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ७४७ संक्रमित थपिए, ८ जनाको मृत्यु


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण थपिएको छ ।

८ हजार ६९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ हजार २७९ जनाको पीसीआर र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट ४८२ र एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २ हजार ३१९ जनाले कोरोनालाई जितेका छन् ।

आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ । अहिले देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ५ : ०३ बजे

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ

सेयर बजारमा ९.५४ अंकको गिरावट 

काठमाडौं– बुधबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.५४

गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी

उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत

गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबारे बोल्दा विचार