उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक | Khabarhub Khabarhub

उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समयदेखी रिक्त प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

निर्देशनलगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको जनाएका हुन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिए पछि झन्डै २ वर्षदेखी उपसभामुख पद खाली थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : २८ बजे

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम

राखेपद्वारा ‘मिसन २०२६’ मा पाँच खेल थप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले