बाढीबाट बच्न मेलम्चीका २९ स्थानमा तटबन्ध | Khabarhub Khabarhub

बाढीबाट बच्न मेलम्चीका २९ स्थानमा तटबन्ध


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् ।

नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बुदेखि दोलालघाटसम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।

यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थायी संरक्षणका लागि ३१ योजना राखिएकामा २९ योजना कार्यान्वयन भएको छ ।

हेलम्बुको चनौटे, किउल, मेलम्ची बजार, चनौटे बजार, बाहुनेपाटिका बजारमा अस्थायी संरक्षणले कटानबाट जोगिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोक प्रमुख दिवाकर मास्कले बताए ।

डेढ मिटर तार जाली प्रयोग गरी आधा मिटर पछाडि छाड्दै ५ मिटर अग्लो र ५५ मिटर लामो तटबन्ध निर्माण भएका छन् । तटबन्धकै कारण ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तालामाराङको तेर्से मा।वि र बाहुनेपाटिको जाल्पादेवि माबी भवन तथा संरचना नदीको कटानबाट जोगिएका जाल्पादेवि माविका प्राचार्य विष्णु गौतमको भनाई छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ०९ बजे

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

नेपालगञ्ज – बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले