चितवनमा ६० प्रतिशत मत खस्यो | Khabarhub Khabarhub

चितवनमा ६० प्रतिशत मत खस्यो


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । 


उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको उनले जानकारी दिए । ‘कुनै केन्द्रमा ६५ प्रतिशत मत पनि खसिसकेको छ । केहीमा ५५ प्रतिशतको हाराहारीमा पनि मत खसेको छ’, उनले भने । ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए । 

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन् । प्राय: गरेर विद्यालयलाई नै मतदान स्थलका रुपमा प्रयोग गरिएको छ ।

गठबन्धनले ‘चिट आतंक’ मच्चाएपछि मतदान केन्द्रहरूको अनुगमन गरी  चिट नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइएको उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर