आजको संसद् बैठकमा महाअभियोगबारे छलफल हुने | Khabarhub Khabarhub

आजको संसद् बैठकमा महाअभियोगबारे छलफल हुने


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे बैठक बस्नेछ।

आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।

प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ ।

जबराविरुद्ध गत १ फागुनमा महाभियोग दर्ता भएको थियो ।

आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ४० बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्