देखिएन पर्यटन क्षेत्रमा प्रणय दिवसको उत्साह | Khabarhub Khabarhub

देखिएन पर्यटन क्षेत्रमा प्रणय दिवसको उत्साह


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो ।

विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय नगरी सौराहाका व्यवसायीले फाट्टफुट्ट मात्रै बुक भएको बताएका छन् । उनीहरुले कोठा सोध्ने क्रम बढेको भए पनि उत्साहपूर्ण रुपमा हुन नसकेको जनाएका छन् ।

प्रणय दिवसका अवसरमा सौराहाका व्यवसायीले खाना महोत्सव (फुड फेस्टिबल) गर्दै आएका थिए । यस वर्ष उक्त महोत्सव हुन सकेको छैन । १६औँ संस्करणको खाना महोत्सव भइरहनुपर्नेमा कोरोनाका कारण कार्यक्रम स्थगित भएको छ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले गत वर्षसम्म यतिबेला सौराहामा भीडभाड हुने भए पनि यस वर्ष खासै चहलपहल नरहेको बताए । उनले भने, “पाहुनाको स्वागतका लागि हामी तयारीमा छौँ, सोधखोज भइरहेको छ, खै अब कस्तो हुन्छ ?”

रेष्टुरेन्टहरुका लागि यो महत्वपूर्ण व्यापार हुने समय हो । गत वर्ष फागुन १ देखि ३ गतेसम्म १५औँ सडक खाना महोत्सव गरिएको उहाँले जानकारी दिए ।

अघिल्ला वर्षमा माघका दुई दिन र फागुनका तीन दिन गरी पाँचदिने महोत्सव गर्ने गरिन्थ्यो । यस वर्ष कोभिडका कारण कार्यक्रम स्थगित भएसँगै सौराहा सुनसान देखिएको हो । खतिवडाको भनाइमा खाना महोत्सव अनुकूल समय भए पनि यस वर्ष गरिएन ।

क्षेत्रीय होटेल सङ्घका अध्यक्ष दीपक भट्टराईले ९० प्रतिशत हाराहारी बुकिङ हुने समयमा सुनसान रहेको बताए ।

उनले भने, “फाट्टफुट्ट पर्यटक देखिन थालेका छन्, विगतको तुलनामा नगण्य छ ।” सोधखोज बढ्दै गएकाले पर्यटन क्षेत्र लयमा फर्किनेमा आफूहरु आशावादी भएको भट्टराईको भनाइ छ । पर्यटन व्यवसायका लागि यो मौसम महत्वपूर्ण हो ।
प्रणय दिवसमा सौराहामा राम्रो व्यवसाय हुने गर्दथ्यो । स्थानीय प्रशासनले कोभिडका कारण गरिने निषेधाज्ञा र बन्दका विषयमा प्रचार गर्ने तर खुलेका बारेमा जानकारी नगराउँदा समस्या हुने गरेको उनले बताए ।

क्षेत्रीय होटेल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समय महत्वपूर्ण भए पनि पर्यटक खासै नआएको बताए ।

उनले भने, “यतिबेला निकै चहलपहल हुन्थ्यो, हुन सकेन ।” होटेलमा बस्नेभन्दा घुमफिर गर्न आउने अरू धेरै हुने समय यो हो । होटेल पनि प्रायः भरिने गरेको विगत सम्झँदै घिमिरेले भने, “अब भने पर्यटक आउनेमा आशावादी छौँ ।” विदेशीहरु फाट्टफुट्ट आउन थालेको उनको भनाइ छ ।

होटेल सेभेन स्टारले अघिल्ला वर्षहरुमा ठाउँ पुर्‍याउन नसकेर पर्यटक अन्यत्र पठाउने गर्थ्यो । सञ्चालक माधव दुवाडीले भने, “यस वर्ष हाम्रैमा ४० प्रतिशत पुर्‍याउन सकिएको छैन, पहिले हामीले पाहुना अन्यत्र पठाउने गर्थ्यौं ।”

होटेल जङ्गल क्राउनमा विगतका वर्षमा पर्यटक भरिभराउ हुने गरेका थिए । प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी यस वर्ष २५ प्रतिशत पुग्न मुस्किल भएको बताउँछन् । उनले भने, “यस वर्षको प्रणय दिवसमा खासै पर्यटक भएनन्, अब होलान् भन्ने लागेको छ ।”

सौराहा क्षेत्रमा १२० हाराहारी पर्यटकीय होटेल रहेका छन् । ती होटेलमा पाँच हजार ५०० शय्या रहेका छन् । होटेलमा पाहुना नपाएपछि व्यवसायीले पालैपालो कर्मचारी मजदुरलाई बिदा दिएका छन् । थोरै कामदार कर्मचारीको भरमा होटेल चलाइरहेका छन् ।

होटेल चल्ने मुख्य समयमा कोभिडका कारण अवरोध पुगेपछि व्यवसायी निराश छन् । कोभिडका कारण अबका दिनमा फेरि दुःख नपाए पूर्ववत् अवस्थामा फर्काउन सकिने आशा व्यवसायीमा छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ३० बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको