हुन सकेन साउदीमा अलपत्र ४० जना नेपाली युवाको उद्धार | Khabarhub Khabarhub

हुन सकेन साउदीमा अलपत्र ४० जना नेपाली युवाको उद्धार



दोहा – काठमाडौँमा रहेको ए एस इन्टरनेशनल ग्रुप प्रालि र गुरुङ म्यानेजमेन्ट ओभरसीज प्रालिमार्फत एक महिना अघि साउदी अरब पुगेर अलपत्र ४०  जना नेपाली युवाको उद्धार हुन सकेको छैन ।

गत पुस २५ गते नेपालबाट म्यानपावरले अब्देल्ला एशा फाइभ स्टार होटेल भनेर पठाएको भए पनि एक महिनासम्म होटेल नदेखेको र घर फर्कन चाहेको बाग्लुंङ ढोरपाटन नगरपालिका वार्ड नम्बर ४ घर भएका भुवन बुढाथोकीले बताए । बुढाथोकीले पनि  म्यानपावरलाई १ लाख ६० हजार बुझाएका थिए। कोरोना परीक्षण, विदेश जाने अन्य प्रक्रिया पूरा गर्दा करिब २ लाख खर्च भएको पनि अहिलेसम्म एक रुपैयाँ कमाई भएको छैन।

एजेन्टले आफूहरुलाई साउदीको जुबेलमा रहेको एक होटेल भाडामा लिएर ३२ दिनदेखि बिना काम राखिरहेको पीडितहरूले बताएका छन्। म्यानपावर कम्पनीलाई प्रति व्यक्ती १ लाख ४० हजारदेखि १ लाख ८० सम्म बुझाएर साउदी पुगेका उनीहरू कामविहीन छन् । ‘म्यानपावरले होटेलमा राम्रो कमाई हुने भन्दै वेटर र रुम ब्याईमा पठायो,’भुवनले खबरहबसँग भने, ‘यहाँ त खाने बस्नेसमेत समस्या भइरहेको छ।’

म्यानपावरले सम्झौता अनुसारको काम नपाए नगर्नु भने पनि साउदीमा रहेको एजेन्टले अब बाहिर घर बनाउनेलगायत सबै काम गर्नुपर्छ भनेको उनले बताए। ‘सम्झौता अनुसारको काम नभए फर्काइ दिन आग्रह गरे पनि म्यानपावरले केहि समय पर्खन भनेको छ। ,’उनले थपे।

२५-२८ पुससम्म उद्धार गरिदिन श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, रियादस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरे पनि कुनै पहल नभएको उनीहरुको गुनासो छ।

यस विषयमा बुझ्न ए एस इन्टरनेशनल ग्रुप र गुरुङ म्यानेजमेन्ट ओभरसीजका प्रतिनिधिहरूलाई कैयौँ पटक फोन  गर्दा पनि बोल्न चाहेनन् । पछिल्लो समय नेपाली कामदारहरू खाडी मुलुकमा अलपत्र पार्ने क्रम बढेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : २० बजे

आयआर्जनको माध्यम बन्दै मह सिकार

म्याग्दी– देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका

नेपाल–भारत समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट

संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको