युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु | Khabarhub Khabarhub

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो ।

एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मूत्र रोग सम्बन्धी, न्युरो शल्य चिकित्सा सम्बन्धी सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवा एमसीएच डाक्टरहरूबाट नै दिने सेवा सेवा विस्तार एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्घाटन गरेका हुन् ।

जस अन्तर्गत बिरामीहरूले एकै ठाउँबाट सबै सेवा पाउने, अलग अलग भौँतारिनु पर्ने समस्या हट्ने र विशेषज्ञबाट नै परामर्श लिन सक्ने व्यवस्था मेडिकल कलेजले मिलाएको छ । यसमा अधिकतम रिफरल केसहरू आउने हुँदा आवश्यकता नै ठानेर सेवा सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘बिरामी टिकट लिएर उक्त विशिष्ट विशेषज्ञ ओपिडी कक्षमा प्रवेश गरेपछि सबै सेवाहरू एक ठाउँमा उपलब्ध हुनेछ,’ उनले भने ।

मिर्गौला रोग सम्बन्धी सेवाहरूको लागी डा. कृष्ण अग्रवाल, मूत्र रोग सम्बन्धी सेवाहरूका लागी डा. सगुन थापा, न्युरो शल्य चिकित्सा सम्बन्धी सेवाको लागी डा. राजकुमार केसी र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवाहरूका लागी डा. सन्तोष साहले विशेषज्ञ डाक्टरको सेवा दिनेछन्  ।

बिरामीका लागि एक स्थानबाट उपचार तथा परामर्शको व्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधी खरिदको व्यवस्था लगायतको सुविधा रहेको उनले बताए । यसैगरी बिरामीको कुरुवाको लागी पनि नि:शुल्क वाईफाई, तथा टेलिभिजनको व्यवस्थापन गरिएको गुरुङले बताए ।

हाललाई यो सेवाको लागी टिकट दर ३ सय रुपैयाँ तोकिएको जानकारी दिँदै उनले यो टिकटबाट एक साता सम्म परामर्श लिन सकिने बताए । कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले यी सेवाहरू पहिला पनि अस्पतालले प्रदान गर्दै आएकोमा अहिले एक द्वार प्रणाली मार्फत व्यवस्थापन गरिएको बताए ।

बिरामीलाई एकै स्थानबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएर मेडिकल कलेज पनि यस्ता प्रकारका जटिल रोगको उपचार गर्न सक्षम रहेको र काठमाडौं तथा विदेश गएर महँगोमा उपचार गराउनु पर्ने बाध्यताबाट बिरामीले छुटकारा पाउने सकिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल राज ढकालले बताए । मेडिकल कलेजमा ओपिडीमा दैनिक सरदर ८ सय जना र आकस्मिक सेवासहित ओपिडीमा दैनिक ४ सय जनाले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ३३ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही