आइटम गीतमा बलिउड अभिनेत्रीहरु  | Khabarhub Khabarhub

आइटम गीतमा बलिउड अभिनेत्रीहरु 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ ।

आइटम गीतकै कारण फिल्मको हाइप बढ्ने भएपछि एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैयाँ पारिश्रमिक पाउँछन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौँदेखि करोडौँ रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् ।

उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् । यो रकम उनले पछिल्लो समय ुपुष्पाु फिल्मको गीतमा अभिनय गरेबापत पाएकी हुन् । उक्त आइटम गीतले सामन्थाको चर्चा निकै बढायो । त्यसपश्चात् उनलाई आइटम गीतमा नाच्ने थुप्रै अफर आइरहेका छन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौँ आइटम गीतमा कम्मर मर्काइसकेकी छन् ।

तर, कमैलाई मात्र थाहा होला कि उनी एक आइटम गीतका लागि तीन करोड पारिश्रमिक थाप्छिन् । आफ्नो ग्ल्यामर छविकै कारण बलिउड दर्शक माँझ स्थापित भएकाे प्रतिक्रिया पाइनन् । अभिनेत्री सन्नी लियोन आफ्नो करियरको सुरुवाती दिनमा एक आइटम गीतका लागि २५ लाख रुपैयाँ लिन्थिन् । तर, अहिले भने उनको पारिश्रमिक बढेर तीन करोड पुगेको छ । किनकि उनलाई पारिश्रमिक दिएर फिल्मको गीतमा देखाउने निर्माता तथा निर्देशकहरुको कमी छैन । अभिनेत्री चित्रांगदा सिंहले केही आइटम गीतमा ठुम्का लगाएकी छन् ।

यद्यपि, उनले जुन गीतहरूमा नृत्य गरिन्, ती गीत सुपरहिट साबित भए । उनी एक गीतका लागि ६० लाख रुपैयाँ चार्ज लिन्छिन् । यद्यपि पछिल्लो समय उनको सक्रियता भने घटेको छ । उनले फिल्म र आइटम गीतमा आफूलाई प्रस्तुत गर्न सकेकी छैनन् । अभिनेत्री कट्रिना कैफले ‘चिकनी चमेली’ र ‘शिला’ जस्ता गीतका लागि ५० लाख पारिश्रमिक लिएकी छन् ।

उनले फिल्म ‘धुम ३’ पछि आफ्नो आइटम पारिश्रमिक बढाएकी छन् । यद्यपि पछिल्लो समय उनले आइटम गीतमा मात्र अभिनय गर्ने क्रममा निकै कमी ल्याएकी छिन् । ‘दिलबर’ देखि ‘साकी(साकी’सम्म नोरा फतेहीले कयौँ आइटम नम्बर गरिसकेकी छन् । उनी एक आइटम गीतका लागि ५० लाख पारिश्रमिक लिन्छिन् । यद्यपि पछिल्लो समय उनको परिश्रमिक बढेको छ । बलिउडमा ‘आइटम गर्ल’ sd समेत पाएकी नोरा पछिल्लो समय अभिनयमा सक्रिय छिन् । यसैले गर्दा पनि उनले आइटम गीतमा अभिनय गरेबापत राम्रो पारिश्रमिक लिने गर्छिन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ३ : ३७ बजे

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको