रुसविरुद्ध एक हुँदै युरोपेली देश « Khabarhub

रुसविरुद्ध एक हुँदै युरोपेली देश


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

संसार जत्तिखेर शीत युद्धको पिकमा थियो, त्यो समयमा पनि फिनल्यान्ड र स्विडेनले आफूलाई कुनै सैन्य समूहमा आबद्ध नगर्ने तटस्थ देशको रूपमा राखेका थिए। यसरी लामो समय तटस्थ रहेका यी दुई देशले अहिले उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो)को सदस्यता लिने तयारी गरेका छन्।

युक्रेनमा युद्ध गरिरहेको रुस यी दुई देश पश्चिमा सैन्य सङ्गठनमा आबद्ध भएकोमा क्षुब्ध छ। सदस्यता लिएसँगै स्विडेनको दुई सय वर्ष अगाडिदेखिको असंलग्न इतिहास सकिएको छ। फिनल्यान्ड पनि दोस्रो विश्व युद्धमा सोभियत सङ्घसँग पराजित भएपछि असंलग्न रहँदै आएको थियो।

केही समय अगाडिसम्म २० देखि २५ प्रतिशत फिनीस जनता मात्र नाटोको समर्थन लिने पक्षमा थिए। तर, रुसले युक्रेनमाथि आक्रमण गरेपछि गरिएको सर्वेक्षणमा यो सङ्ख्या बढेर ७६ प्रतिशत पुगेको छ। यसैगरी, स्विडेनमा गरिएको पछिल्लो सर्वेक्षण अनुसार ५७ प्रतिशत जनता नाटोमा आबद्ध हुन चाहन्छन्।

युक्रेनमा युद्ध गरिरहेको रुस यी दुई देश पश्चिमा सैन्य सङ्गठनमा आबद्ध भएकोमा क्षुब्ध छ। सदस्यता लिएसँगै स्विडेनको दुई सय वर्ष अगाडिदेखिको असंलग्न इतिहास सकिएको छ।

रुस युक्रेनभन्दा अगाडिको समयको तुलनामा युद्ध सुरु भएपछि यो सङ्ख्यामा व्यापक वृद्धि भएको छ। नाटोको सदस्यता लिने नै हो भने यी दुवै देशले पहिले संसदमा  प्रस्ताव दर्ता गर्नेछन्। त्यहाँ पास भएपछि नै सदस्यताका लागि आवेदन दिन सक्नेछन्।

फिनल्यान्डमा सोसीयल डेमोक्र्याट यसका लागि तयार भइसकेको छ। स्विडेनको सोसीयल डेमोक्र्याटले पनि आन्तरिक कानुनमा केही परिवर्तन गर्ने तयारी गरेको छ। ‘सबै कुरा त्यहाँको कानुन अनुसार गइरहेको छ,’ पूर्वविदेश मन्त्री मार्गोट वाल्सट्रमले भनेकी छन्।

अमेरिकाले पनि पछिल्लो घटनाक्रमले थुप्रै देश सुरक्षा संयन्त्रमा बढी संवेदनशील हुन थालेको बताएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसै साता यी दुवै देशको भ्रमण गरेर थप छलफल अगाडि बढाउने योजना बुनेका छन्।

नाटोको सदस्यता लिने नै हो भने यी दुवै देशले पहिले संसदमा  प्रस्ताव दर्ता गर्नेछन्। त्यहाँ पास भएपछि नै सदस्यताका लागि आवेदन दिन सक्नेछन्।

भ्लाडिमिर पुटिनको पछिल्लो कदमले लामो समयदेखि शान्त र स्थिर रहेको युरोपमा एक खालको कम्पन नै भएको छ। यो कम्पनबाट पार पाउनकै लागि स्विडेन र फिनल्यान्डलाई पनि अशक्त र कमजोर भएको आभास गराएको छ।

फिनल्यान्डका पूर्वविदेश मन्त्री अलेक्जेन्डर स्टबले २४ फेब्रुअरीमा रुसी सेनाले आक्रमण गरेपछि नै यो प्रसङ्ग अगाडि बढेको बताएका छन्। स्विडेनका रक्षामन्त्री पिटर हल्टक्वेभ्सटले पनि आफूहरू तटस्थ रहने निर्णयमा अडिग रहे पनि पछिल्लो समयको यो रक्तपातपूर्ण अवस्थाले केही सोच्न बाध्य बनाएको प्रतिक्रिया दिएका छन्।

नोभेम्बरसम्म कुनै सैन्य सङ्गठनको सदस्यता नलिने योजनामा रहेको स्विडेनले रुसी आक्रमण भएकै दिनदेखि नै आफ्नो धारणा परिवर्तन गरेको थियो। उनले यी दुईले नाटोमा हस्ताक्षर गरेपछि नर्डीक क्षेत्रको सुरक्षा अवस्था दरिलो हुने आशय व्यक्त गरेका छन्। यसै आक्रमणका कारण सरकारी अधिकारी मात्र होइन, आम मानिस पनि नाटोमा भएपछि युरोप नै सुरक्षित हुन्छ भन्ने सोचमा पुग्न थालेका छन्।

नोभेम्बरसम्म कुनै सैन्य सङ्गठनको सदस्यता नलिने योजनामा रहेको स्विडेनले रुसी आक्रमण भएकै दिनदेखि नै आफ्नो धारणा परिवर्तन गरेको थियो।

फिनिसका लागि रुसले युक्रेनमा आक्रमण गरेपछि त आफ्नै देशको पीडाको झझल्को आएको थियो। सन् १९३९ मा यसैगरी, सोभियत सङ्घले फिनल्यान्डमाथि आक्रमण गरेको थियो। लगातार तीन महिना चलेको त्यो युद्धमा धेरै जना बेपत्ता भएका थिए। यो लडाइँका कारण फिनल्यान्डले स्वाधीनता त गुमाएन। आफ्नो १० प्रतिशत भूभाग भने गुमायो।

युनिभर्सिटी अफ हेलसिन्कीकी राजनीतिक वैज्ञानिक इरो सार्का युक्रेनको झगडा हेर्दा इतिहासकै पुनरावृत्ति भएको झैँ महसुस भएको बताउँछिन्। फिनीसहरु आफ्नो देशको सीमा भन्दा १ हजार ३ सय ४० किलोमिटर मात्र टाढा रहेको रुसलाई हेरेर कुनै पनि समय जे पनि दुर्घटना हुनसक्ने कुरामा सधैँ सशंकित छन्।

पछिल्ला केही वर्ष रुसले पनि थुप्रै हवाई मिलिटरी क्राफ्टले गरेको अस्वाभाविक गतिविधिका कारण आफूलाई बेचैन महसुस गरेको छ। प्रत्यक्ष नाटोमा सदस्य नभएपछि फिनल्यान्ड र स्विडेन दुवै सन् १९९४ मा सङ्गठनका अफिसीयल पार्टनर थिए। त्यस सङ्गठनमा उनीहरूको सहयोग पनि रहँदै आएको छ।

सन् १९३९ मा सोभियत सङ्घले फिनल्यान्डमाथि आक्रमण गरेको थियो। लगातार तीन महिना चलेको युद्धमा धेरै  बेपत्ता भए। यो लडाइँका कारण फिनल्यान्डले स्वाधीनता त गुमाएन, आफ्नो १० प्रतिशत भूभाग भने गुमायो।

शीत युद्धको समाप्ति भएपछि नाटो मिसनका थुप्रै कार्यक्रममा यी दुई देश उपस्थित थिए। अहिले नाटोको आर्टिकलले यी दुई देशलाई आकर्षित गरेको हो। त्यसमा प्रस्ट रूपमा ‘कुनै एक देशमा आक्रमण गरे सबै देशलाई आक्रमण गरेको ठहर हुनेछ’ भन्ने उल्लेख गरिएको छ। यस कारण नै आणविक राज्यबाट सुरक्षित हुनका लागि स्विडेन र फिनल्यान्डले अहिले यो महत्त्वपूर्ण बाटो रोजेका हुन्।

अहिले यी दुवै देशलाई सदस्यता दिने प्रक्रिया छिटो हुनु पर्ने आवाज उठेका छन्। इतिहासकार हेन्रीक माइनन्दर फिनल्यान्ड यसका लागि तयार भइसकेकोमा सहमत छन्। सोभियत सङ्घको विघटन पछि नै नाटोको नजिक पुग्न केही पाइला चालिएको उनले बताएका छन्। सन् १९९२ मा हेलसिन्कीले ६४ कम्ब्याट हवाई जहाज ल्याएको थियो। तीन वर्षपछि यो स्विडेनसँगै युरोपेली युनियनमा आबद्ध भएको थियो।

यसपछि नै फिनल्यान्डले नाटोको बारेमा अवधारणामा परिवर्तन गरेको थियो। उसका हरेक कदमलाई फिनल्यान्डले सफलतापूर्वक हेरेको थियो। ५५ लाख जनसङ्ख्या भएको फिनल्यान्डमा अहिले २ लाख ८० हजार सेनाका लागि युद्ध सामग्री छन्। साथै ९ लाख रिजर्भ सेना छन्।

स्विडेनले सन् १९९० देखि आफूलाई फरक रूपले राखेको छ। त्यसै समयदेखि सैन्य सङ्ख्यामा कटौती गरेको स्विडेनले शान्ति वार्तालाई पनि अगाडि बढाएको छ। यस बीचमा स्विडेनले वार्तामार्फत् सबै देशसँग सुमधुर सम्बन्ध राख्ने प्रयास गरेको थियो।

५५ लाख जनसङ्ख्या भएको फिनल्यान्डमा अहिले २ लाख ८० हजार सेनाका लागि युद्ध सामग्री छन्। साथै ९ लाख रिजर्भ सेना छन्।

सन् २०१४ मा रुसले क्रेमिया आक्रमण गरेपछि स्विडेनको नीतिमा परिवर्तन भएको हो। यसै कारण स्विडेनमा रक्षा संयन्त्रलाई बलियो बनाउन ध्यान दिएको थियो। हरेक घरमा सैन्य प्रशिक्षण दिनु आवश्यक परेको समयमा प्रयोग गर्ने नीति स्विडेनले लिएको थियो। फिनल्यान्डले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत नाटोको सैन्य संयन्त्रमा सहयोग गर्न खर्च गरेको छ। स्विडेनले पनि यही खाले योजना बनाएको छ।

अहिले रुसी राष्ट्रपति पुटिन युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न लागि परेका छन्। अहिले रुसले युरोपमा धेरै देशलाई धम्की दिँदै आएको छ। पोल्यान्ड र लिथुवानीयाको छेउमा रहेको रुसी परिक्षेत्र किलीङग्राडमा आणविक हतियार तैनाथ गर्न नाटोको गतिविधि र सक्रियताले बाध्य पारेको प्रतिक्रिया रुसले दिएको छ।

अलेक्जेन्डर स्टब भने यी सबै काम नगरेर रुसी साइबर आक्रमणको जोखिम बढी हुने बताउँछन्। गलत सूचना दिने र राज्यको गोप्यता पनि भङ्ग नहुने जोखिम बढी रहेको जनाइन्छ। यसका लागि अन्य धेरै देश पनि सतर्क रहनुपर्ने उनको मत छ।

अहिले स्विडेनमा नाटोले सुरक्षा दिन सक्दैन भन्ने धारणा राख्ने थोरै व्यक्ति छन्। स्वीडीस पिस एन्ड आर्बीट्रेसन सोसाइटीकी डेबोराह सुलेमान रुससँग अनावश्यक तनाव बढ्ने प्रतिक्रिया दिएकी छिन्। उनले यो घटना परिवेशले शान्ति प्रक्रियालाई नै खलबल गरेको गुनासो गरेकी छिन्।

एउटा शक्तिमा आबद्ध हुँदा यी दुवै देशले निःशस्त्रीकरणमा रहेको नेतृत्वदायी भूमिका गुमाउनु पर्नेछ। तर, स्वीडीस विदेश मन्त्रीले यसले कुनै समस्या नपार्ने प्रतिक्रिया दिएका छन्। सन् १९६० देखि १९८० को बीचमा स्विडेनको भूमिका धेरैले स्मरण गर्न थालेका छन्। अमेरिका र सोभियत सङ्घको आलोचक स्विडेन असंलग्न आन्दोलनको पक्षमा दरिलोसँग उभिएको थियो।

एउटा शक्तिमा आबद्ध हुँदा यी दुवै देशले निःशस्त्रीकरणमा रहेको नेतृत्वदायी भूमिका गुमाउनु पर्नेछ। तर, स्वीडीस विदेश मन्त्रीले यसले कुनै समस्या नपार्ने प्रतिक्रिया दिएका छन्।

यी दुवै देशले गरेको निर्णय सही या गलत भन्ने बारेमा धेरैको मत फरक हुनसक्छ। तर, दुई देशको समानता के हो भने यिनीहरू हरेक महत्त्वपूर्ण कुराको निर्णय गर्दा तत्कालीन समयमा देशका बहुसङ्ख्यक नागरिकको मत सर्वेक्षण गर्ने गरेका छन्। दुवै देशको मत सर्वेक्षण सदस्यता लिने भन्ने पक्षमा देखिएका कारण दुवै देश यो बाटोमा अगाडि बढेका छन्।

अहिले रुसले गरेको यो आक्रमणका कारण सायद संसारमा धेरैलाई सुरक्षित हुनका लागि एउटा ध्रुवमा उभिन बाध्य भएको महसुस गर्न थालेका छन्। –बीबीसी , भ्वाइस अफ अमेरिका

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : १८ बजे

गुल्मीको मदानेमा सुत्केरीलाई एम्बुलेन्स र २० युनिटसम्म विद्युत महसुल नि:शुल्क

काठमाडौं– गुल्मीको मदाने गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले मदाने गाउँपालिकाका स्थानीयलाई

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी 

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको

पूर्व डिआइजी रन्जन कोइरालालाई पक्राउ गर्ने तयारी

काठमाडौ : पूर्व डिआइजी रन्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने

काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन   

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन

एन्फा चुनाव : तीन अध्यक्ष सहित ५४ जनाको उम्मेदवारी

काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि