कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो । २०७८ फागुन मसान्तमा आइपुग्दा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड डलर कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । २०७८ फागुन मसान्तसम्म आइपुग्दा ०.९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । 

२०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ०३ बजे

मन्डेलासँगै गुमेको दक्षिण अफ्रिकी नागरिकको भरोसा

संसारका हरेक राजनीतिक परिवर्तन पक्कै केही आशा र अपेक्षाका साथ

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

चितवन– नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्

शिक्षा र विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै

एमालेको राष्ट्रिय महिला भेला आजदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी आज

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको