चर्चामै सीमित सिक्वेल | Khabarhub Khabarhub

चर्चामै सीमित सिक्वेल


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडमा फरक प्रेम कथा प्रस्तुत गरेर चर्चामा आएका निर्देशक आनद एल रायले केही समय अगाडि ‘रांझणा’ को सिक्वेल बनाउने चर्चा चलेको थियो ।

सोनाम कपुर र धनुष अभिनीत फिल्मलाई दर्शकले निकै रुचाए । त्यसैले यसको सिक्वेल हेर्ने मनोकांक्षा दर्शकमा थियो, जसलाई अब निर्देशक रायले पूरा गर्ने बताएका थिए । यद्यपी त्यो चर्चामै सीमित छ । निर्देशक रायले त्यसपछि अन्य प्रोजेक्टमा काम गरिरहेका छन् । धनुषलाई नै लिएर’अन्त्रंगी रे’ समेत तयार गरेर रिलिज गरिसक्दा पनि ‘रांझणा’ को कामबारे केही बताइएको छैन ।

शाहरूख खानसँग मिलेर बनाएको ‘जिरो’ वक्सअफिसमा फ्लप भएपछि उनी ‘रांझणा’ को सिक्वल बनाउने बताएका थिए । यद्यपि त्यो चर्चामै सीमित भइरहेको छ ।

त्यसो त पछिल्लो समय निर्देशक रायले फिल्मको लागि दमदार काहा नपाएकोसमेत बताएका छन् । ‘त्यहीँ कथालाई अगाडि बढाउने वा सिरिजलाई त्यसमा सोचिरहेका छौँ । त्यहीँ नाममा फिल्म नबन्न पनि सक्छ” निर्देशक रायले एक अन्तर्वार्तामा भनेका छन् । उनले यसको भनेसँगै सिक्वेल बन्ने खबर चर्चामै सीमित हुने सम्भावना बढेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ०० बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०