भेरी नदीमा तीन बालबालिका बेपत्ता | Khabarhub Khabarhub

भेरी नदीमा तीन बालबालिका बेपत्ता


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भेरी नदीमा नुहाउने क्रममा तीन  बालबालिका बेपत्ता भएका छन् ।

सुर्खेतको भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् ।

आज साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका ११ का १० वर्षीय गङ्गा खड्का, आठ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।

बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : २५ बजे

एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा