अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य | Khabarhub Khabarhub

अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ ।

मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।

सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बन्द गराउन अनुरोध गरेको प्रशासनले पूर्वनिर्धारित परीक्षाहरु भने जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।

त्यस्तै सिट क्षेमताभन्दा यात्रु नबोक्न तथा हरेकपटक डाडीहरुलाई निसंक्रमण गर्न प्रशासनले अनुरोध गरेको छ । हरेक सवारीसाधनहरुको ढोकामा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नका साथै मास्क नलगाएकालाई यात्रा गर्न नदिनसमेत प्रशासनको अनुरोध छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : ३५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन