सुष्मालाई 'ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान' | Khabarhub Khabarhub

सुष्मालाई ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चारकर्मी सुष्मा श्रेष्ठलाई यस वर्षको ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ प्रदान गरिएको छ ।

डेढ दशक यता सञ्चार क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएकी महिला सञ्चारकर्मीका रूपमा सुष्मालाई मातृभूमि साहित्य समाज परिवारले शनिबार हेटौँडामा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

समाजले ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ शिक्षा, साहित्य, संचार, पत्रकारिता, मानव अधिकारलगायत विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई प्रदान गर्दै आएको छ । सम्मानित भएपछि सुष्माले धन्यवाद दिएकी छिन् । ‘आफ्नो कर्ममा निरन्तरता दिँदा पाइने यस्ता सम्मानले झनै हौसला थप्छ । यसले थप दायित्व बोध गराएको छ’ उनले भनिन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ४२ बजे

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।