ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा खर्चन मुख्यमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा खर्चन मुख्यमन्त्रीको निर्देशन


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिएका छन् । 

आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रष्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिएको  मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । प्रेस संयोजक कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटमा समावेश गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननरायण धनकुमारी परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : २७ बजे

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगित

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको

एक वर्षमै ८ सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं – गत वर्ष २०८० मा समस्याग्रस्त सहकारी संस्थाको संख्या

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौं– अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको छ

कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी