कोरोनाका कारण मृत्यु भएका परिवारलाई राहत | Khabarhub Khabarhub

कोरोनाका कारण मृत्यु भएका परिवारलाई राहत


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको बताए । ‘जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाई समेत राहत दिने नीति थियो’, गुरौले भने।

सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भए पनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

घिमिरेले स्वास्थ्य कार्यालयले ५० हजार राहत रकम दिए पनि बागलुङका केही पालिकाले समेत मृतकका परिवारलाई राहत रकम दिएको बताए । पालिकाको राहत विवरण स्वास्थ्य कार्यालयलाई नआउने भएकाले कुन पालिकाले कति राहत दियो भन्ने थाहा नभएको घिमिरेले जानकारी दिए ।

जिल्लाको काठे खोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत दिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेट अनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई रु २० हजारका दरले राहत रकम प्रदान गरिएको काठे खोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमणका कारण १८ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : २० बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल