हेटौंडामा ग्याँस बोक्ने बुलेटको ठक्करबाट दुई जनाको मृत्यु | Khabarhub Khabarhub

हेटौंडामा ग्याँस बोक्ने बुलेटको ठक्करबाट दुई जनाको मृत्यु


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको  भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका  हेटौंडा–९ का ५५ वर्षीय इश्वर तामाङ र २६ बर्षिया अमिना तामाङको मृत्यु भएको हो । घटनामा घाइते भएका दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त बुलेटले रातोमाटेमा पनि कारलाई ठक्कर दिएर आएको थियो । तर, कारमा मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । बुलेट र बुलेट चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ११ : १४ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको