विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ २८ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ११, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

पाकिस्तानका पूर्व राष्ट्रपति अस्पताल भर्ना

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफ अस्पताल भर्ना भएका छन् । पछिल्लो तीन सातायतादुबईस्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेपनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने संकेत देखिएको छैन भने शरीरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ । मुशर्रफको ट्वीटर हेन्डलमा उनका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उनलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ । उनको अवस्थामा सुधार होस् भनेर आफूहरूले प्रार्थना गरिरहेको पनि आफन्तले जनाएका छन् । ट्विटरमा लेखिएको छ, ‘उहाँलाई भेन्टिलेटरमा राखिएको होइन । उहाँको अवस्था गम्भीर छ । तत्काल सुधार हुने संभावना पनि छैन । उहाँका अधिकांश अंगले काम गरेका छैन्न । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ ।’

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति रहेका मुशर्रफको जन्मभने भारतको नयाँदिल्लीमा भएको थियो । सैन्य उच्चअधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्य सत्ता हातमा लिएका थिए ।

स्वतन्त्रता घोषणा गरेमा ताइवानविरुद्ध युद्ध थाल्ने चीनको चेतावनी

स्वतन्त्रताको घोषणा गरेमा चीनले ताइवानमाथि युद्ध सुरु गर्ने चोतावनी दिएको छ । चिनियाँ रक्षामन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै चीनले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताएका हुन । यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने, जस्तोसुकै मूल्य चुकाउनु परे पनि चिनियाँ जनमुक्ति सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन’ चिनियाँ रक्षामन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ रक्षामन्त्रालयका अनुसार चीनको बेइजिङले ‘ताइवानको स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने’ प्रतिज्ञा गरिएको जनाएको छ । ताइवान चिनियाँ भूमि भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी हुन नसक्ने चिनियाँ रक्षामन्त्रालयले बताएको हो ।

अमेरिकी रक्षामन्त्रालयले बताएअनुसार सिंगापुरमा भएको वार्ताको क्रममा अस्टिनले आफ्नो चिनियाँ समकक्षलाई बेइजिङले ‘ताइवानतर्फ थप परिवर्तन गर्ने कार्यहरूबाट अलग रहनुपर्छ’ भनेका

भारतले पाँचदिनमा ७५ किलोमिटर राजमार्ग बनायो

भारतले पाँच दिनमा ७५ किलोमिटर लामो कालोपत्रेसहितको राजमार्ग तयार गरेको छ।अमरावती र अकोला जिल्लाबीचको राष्ट्रिय राजमार्ग नं ५३ मा एउटै लेनमा ७५ किलोमिटर सडक कालोपत्रे गरेर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको भारतका केन्द्रीय मन्त्री नितिन गडकरीको दाबी छ।भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेटमा सो दुरीको कालोपत्रे सडक बनाएको उनले ट्विटरमा अपलोड गरिएको एक भिडियो सन्देशमा भनिएको छ।

भारतको स्वतन्त्रताको ७५ वर्षको सम्झना र प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको ‘आजादीका अमृत महोत्सव’ को औचित्यमा एनएजएआईले विश्वकीर्तिमान बनाएको मन्त्री गडकरीले बताएका छन्। यसलाई गिनिजवर्ल्ड रेकर्ड्सले प्रमाणित समेत गरेको उनले उल्लेख गरेका छन्। गडकरीले एनएजएआईराजपाथइन्फारकन प्रालि लगायतका इन्जिनियरहरू, ठेकेदारहरू, सल्लाहकारहरू र कामदारहरूलाई परियोजनाको कुशल कार्यान्वयनका लागि प्रशंसासहित विश्व रेकर्डको कायम गर्न सफल योगदान पुर्‍याएकोमा धन्यवाद समेत दिएका छन्।

यससँगै सबैभन्दा कम अवधिमा सडकको लामो दूरी निर्माण गर्ने रेकर्डमा भारतले कतारलाई उछिनेको बताइएको छ। यसअघि गिनिज वर्ल्ड रेकर्डमा सबै भन्दा लामो लगातार निर्माण गरिएको कालोपत्रे सडक २५.२७५ किलोमिटरको थियो। २०१९ फेब्रुअरीमा कतारको दोहामा निर्माण भएको उक्त सडकको काम पूरा हुन १० दिन लागेको थियो।

बोलिभियाकीपूर्व राष्ट्रपतिलाई १० वर्षको जेल सजाय

बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो । अहिले ५४ वर्ष भएकी अनेजलाई गतवर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छिन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाई छ ।

पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् । उनले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकार भन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाई छ ।

उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ । दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बन्नु भएको थियो । त्यस अघि उहाँ बोलिभियाको सिनेटको उपाध्यक्ष भएकी थिइन् । उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी थिइन् ।

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उनले राजीनामा दिन बाध्य हुनु परेको थियो । राजीनामा पछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिए । उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो । अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत थिइन् ।

अमेरिकाले अन्तर्राष्ट्रिय उडानमा कोभिड परीक्षणको प्रावधान हटायो

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ । वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबार देखि हटाएको हो । रोग रोकथाम तथा नियन्त्रण निकायहरूले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेस गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ रिपोर्ट’ को अनिवार्य प्रावधानलाई आइतबार सखारै देखि खारेज गरिएको बताएका हुन् । परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि उनीहरूले बताएका छन् ।

कोभिड–१९ विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको स्वास्थ्यमन्त्री जेभियर बेसेराले बताए । यद्यपि यात्रीहरूले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्नेछ । विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासन लाई महिनौँदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिएयुएस ट्राभल एसोसिएसनका अध्यक्ष रोजर डाउले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्राका निम्ति ठूलो कदम भएको प्रतिक्रिया दिएका छन् ।

उत्तर कोरियामा पहलो पटक महिला विदेशमन्त्री नियुक्त

उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइलाई उत्तर कोरियाको विदेश मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि उपविदेश मन्त्रीको रुपमा रहेकी हुइले निवर्तमान विदेशमन्त्री रि सोन ग्वोनलाई विस्थापित गरेकी हुन्कूटनीतिक सेवाको पृष्ठभूमिकी उनले दुई पक्षीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेको जनाइएको छ । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान रहेको बताइन्छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन्अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएकोविदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले उनले उत्तर कोरियाली विदेश मन्त्रालयको जिम्मेवारी कसरी सम्हाल्छिन् भन्ने चासो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

पाकिस्तानले आगामी आर्थिक वर्षका निम्ति ९० खर्ब ५० अर्ब पाकिस्तानी रुपैयाँको बजेट सार्वजनिक गरेको छ । वित्तीय चुनौती बढेको वर्तमान अवस्थामा सन्तुलित एवम् जनता केन्द्रित बजेट ल्याइएको अधिकारीहरूले बताएका छन् । सङ्घीय अर्थमन्त्री मिफ्ता इस्माइलले संसद्को तल्लो सदनमा बजेट प्रस्तुत गर्दै त्यसले देशको दिगो आर्थिक विकासलाई केन्द्रमा राखेको र आगामी वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हासिलगर्ने लक्ष्यलिएको बताए ।

कुलनब्बे खर्ब ५० अर्बमध्ये कर्जा प्रवाहका लागि रू तीनअर्ब ९५ करोड र आठ खर्ब सार्वजनिक क्षेत्र विकास कार्यक्रमका निम्ति विनियोजन गरिएको जानकारी दिँदै अर्थमन्त्री इस्माइलले रक्षाखर्चका लागि रू १ दशमलब ५२३ खर्ब छुट्याइएको बताए । बजेटमा गरिब जनताको हितमा लक्ष्यितअनुदानका लागि रू छ खर्ब ९९ अर्ब र विपन्न वर्गको उत्थानका लागि सञ्चालन गरिने अन्य कार्यक्रमका निम्ति रू एक अर्ब ४२ करोड अनुदान प्रस्ताव गरिएको छ । त्यसैगरी बजेटमा सङ्घीय राजस्व रू सातखर्ब र गैर राजस्व रू दुई खर्ब हुने अनुमान गरिएको छ ।

बजेटलाई सन्तुलित, प्रगतिशील एवम् जनहितकारीको संज्ञा दिँदै प्रधानमन्त्री शहबाज शरिफले आर्थिक जोखिमका प्रभाव घटाउन र जनताका समस्या कम गर्न आफ्नो सरकारले कठोर निर्णय लिँदै चुनौतीहरूबाट बाहिर निस्कने बताएका छन् ।


प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : १४ बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका