मार्भल सिनेम्याटिक युनिभर्समा मुस्लिम सुपरहिरो बनिन् 'मिस मार्भल' | Khabarhub Khabarhub

मार्भल सिनेम्याटिक युनिभर्समा मुस्लिम सुपरहिरो बनिन् ‘मिस मार्भल’


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मार्भल स्टुडियोले आफ्नो सिनेम्याटिक युनिभर्समा नयाँ नयाँ सुपरहिरोहरुलाई ल्याईरहेको छ । आइरन म्यान, क्याप्टेन अमेरिका, ब्ल्याक विडो लगायतका पात्रहरु नरहँदा नयाँ पात्रलाई आफ्नो सिनेम्याटिक युनिभर्समा स्थापित गर्ने दौडमा मार्भल रहेको छ । यसैक्रममा मार्भल स्टुडियोले डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’ मार्फत नयाँ सुपरहिरो ल्याएको छ । 

मुस्लिम सुपरहिरोको कथा यसपटक देखाइएको छ। काल्पनिक चरित्र कमला खानको भूमिकामा पाकिस्तानी-क्यानडियन अभिनेत्री इमान भेलानी देखिएकी छन्। इमान पहिलो मुस्लिम अमेरिकी सुपरहिरोको रुपमा प्रस्तुत भएकी हुन्। सिरिजमा उनी मिस मार्भल बन्न महाशक्ति प्राप्त नगरेसम्म संघर्ष गरिरहन्छिन्। यस सिरिजमा बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले अभिनय गर्ने भएका छन् । 

अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत अभिनय रहने सिरिज मार्फत मार्भलले नयाँ सुपरहिरोलाई दर्शक समक्ष ल्याएको हो । मार्भलले आफ्नो सुपरहिरोहरुको फिल्म र सिरिजलाई जोड्ने क्रममा छ । कथा सिरिज र फिल्ममा एकआपसमा जोडिएर अगाडि  बढ्नेछन् । मार्भलले सिरिजको प्रतिक्रिया हेरेर ‘मिस मार्भल’ लाई ठुलो पर्दामा ल्याउने योजना समेत बनाइरहेको छ । यस सिरिजको पहिलो एपिसोड प्रसारण भइसकेको छ भने अन्य एपिसोड हप्ते पिच्छे प्रसारण हुनेछ ।  सिरिज अंग्रेजी, हिन्दी, मलयालम, तमिल र तेलुगु गरी पाँच भाषामा प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : ४४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने