स्वर्ण विजेता डियाजको त्यो प्रेरणादायी यात्रा « Khabarhub

स्वर्ण विजेता डियाजको त्यो प्रेरणादायी यात्रा


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

टोकियो ओलम्पिकको तेस्रो दिन। हाइडीलीयन डियाजका लागि तयारी, धैर्यता र दुख सबै देखाउने त्यो एक महत्त्वपूर्ण अवसर थियो। उनी ५५ केजी तौल समूहको भारोत्तोलन स्पर्धाको अन्तिम चरणमा थिइन्। उनी अन्तिम पटक भार बहन गर्ने तयारीमा थिइन्। १२६ किलो भार उठाइसकेपछि चीनकी लियो क्वीयोनले अग्रता कायम गरेकी थिइन्। यस पछिको सबैको ध्यान डीयाजमा केन्द्रित हुनु स्वाभाविक थियो।

त्यसको केही सेकेन्डमै डियाज चेन्जीङ रुमबाट भार उठाउने स्थानमा गइन्। आफूलाई एकाग्र बनाइन् । केही बेर गम खाइन्। १२७ केजीको भार उनले सफलतापूर्वक उठाइन्। यो उठाएसँगै डीयाज फिलिपिन्सका लागि ओलम्पिक स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनिन्। ३० वर्षको उमेरमा उनले पाएको सफलता चानचुने थिएन। धेरै वर्षको त्याग, मेहनत र धैर्यको प्रतिफल उनले पाएकी थिइन्। यो नै उनको वर्षौँ पुरानो सपना पनि थियो।

टोकियो ओलम्पिकको तेस्रो दिन। हाइडीलीयन डियाजका लागि तयारी, धैर्यता र दुख सबै देखाउने त्यो एक महत्त्वपूर्ण अवसर थियो।

गत टोकियो ओलम्पिक खेल धेरै अर्थमा महत्त्वपूर्ण थियो। त्यस ओलम्पिकमा धेरै कथा लेखिए। यी मध्य डियाजको सनसनीपूर्ण यात्राको कथा कम प्रेरणादायी छैन। सन् २०१९ मा राज्यबाट शत्रु घोषित भएकी उनी कोरोना महामारीको समयमा एक वर्ष विदेशमा नै रहेकी थिइन्।

सन् १९२४ मा एउटा मात्र धावक डेभिड नेपोमुकेनालाई सहभागी गराएर फिलिपिन्सको ओलम्पिक यात्राको सुरुवात भएको थियो। फिलिपिन्सको ९७ वर्षे ओलम्पिक यात्रामा पहिलो स्वर्ण पदक जित्ने ती महिलाको जन्म सन् १९९१ मा देशका एक मिलियन मात्र जनसङ्ख्या रहेको दक्षिणी सहर जान्बोन्गामा भएको थियो।

६ सन्तान मध्यकी एक उनलाई बाबुले ट्राई साइकलमा यात्रा गराउँथे। आमा भने गृहिणी मात्र थिइन्। ११ वर्षको उमेरमा एक काकाका छोरामार्फत् उनी भारोत्तोलनमा पुगेकी थिइन्। छोरीका कारण त्यो समय आमा निराश नभएकी होइनन्। आमा भन्थिन्, ‘ठूलो भएपछि तिमीलाई कसैले मन पराउँदैन। त्यो छोराको खेल हो। तिम्रा मांसपेशी ठूला हुनेछन्। तिमी गर्भवती पनि हुने छैनौ।’

गत टोकियो ओलम्पिक खेल धेरै अर्थमा महत्त्वपूर्ण थियो। त्यस ओलम्पिकमा धेरै कथा लेखिए। यी मध्य डियाजको सनसनीपूर्ण यात्राको कथा कम प्रेरणादायी छैन।

यसले डियाजको अभियान रोकिएन। छोरीले लगातार यसैमा रमाएर जीवन अगाडि बढाउन थालेपछि आमाको मन फेरिएको थियो। त्यसपछि उनले छोरीलाई सहयोग गर्न थालिन्। सन् २००८ मा १७ वर्षको उमेरमा उनी बेइजिङ ओलम्पिकमा सहभागी भएकी थिइन्। १२ जना मात्र सहभागी सो स्पर्धामा उनी पुछारबाट दोस्रो स्थानमा रहेकी थिइन्।

त्यसको चार वर्ष पछिको लन्डन ओलम्पिकमा डीयाज देशको झन्डा बोक्ने खेलाडी थिइन्। त्यस संस्करणमा तीनै पटक भार उठाउन नसकेपछि उनी सुरुवाती चरणमा नै अयोग्य घोषित भएकी थिइन्।

त्यसपछि नै फिलिपिन्स एयर फोर्समा जागिर सुरु गरेकी उनले रियो ओलम्पिकमा ठूलो फड्को मारिन्। त्यहाँ रजत पदक जित्दै उनी ओलम्पिक पदक जित्ने पहिलो फिलीपीनी महिला बनेकी थिइन्।

६ सन्तान मध्यकी एक उनलाई बाबुले ट्राई साइकलमा यात्रा गराउँथे। आमा भने गृहिणी मात्र थिइन्। ११ वर्षको उमेरमा एक काकाका छोरामार्फत् उनी भारोत्तोलनमा पुगेकी थिइन्।

यस पटकको ओलम्पिक सफलता भन्दा अघि उनले अन्य प्रतियोगितामा पनि आफूले केही सफलता पाएकी थिइन्। ओलम्पिक भन्दा अगाडि उनले सन् २०१८ मा भएको एसियाली खेलकुदमा स्वर्ण जितेकी थिइन्। सन् २०१७ र २०१९ को विश्व च्याम्पियनसीपमा भने उनी कांस्य पदकमा सीमित भएकी थिइन्।

जापानमा ओलम्पिक खेल सुरु हुनु भन्दा एक वर्ष अगाडि आएको त्यो ट्वीस्ट भने कसैले अनुमान नै गर्न नसक्ने किसिमको थियो। राष्ट्रपति रोड्रीगो डुटरेटको एउटा विवादास्पद प्रसङ्गमा उनी जोडिएकी थिइन्।
सन् २०१६ मा थोरै मतान्तरले विजयी डुटरेट त्यस पछि सडकमै रातो पोतिएको ड्रग वार र यौन हरकतका कारण धेरै आलोचित भएका थिए। सन् २०१९ को जुनमा अन्तर्राष्ट्रिय अपराध अदालतले सरकारले गरेको मानवता विरोधी अपराधको विरुद्धमा छानबिन गर्ने दाबी गरेको थियो। त्यसको छानबिन गर्न नेता, पत्रकार र नोबेल पुरस्कार विजेता मारिया रेसा सहितको टोली बनाइएको थियो।

डियाजको अभियान रोकिएन। छोरीले लगातार यसैमा रमाएर जीवन अगाडि बढाउन थालेपछि आमाको मन फेरिएको थियो।

यसैमा डुटरेटसँगै डीयाज पनि विवादमा आएकी थिइन्। डुटरेटको विरुद्धमा सामाजिक सञ्जालमा डियाजको पनि संलग्नता भएको भन्दै हल्ला चलेको थियो। सन् २०१९ मा गिरफ्तार भएका ब्लगर रोडेल जायमलाई फलो गरेकै कारण उनीमाथि अनेक आरोप लगाइएको थियो।

उनलाई डुटरेटका समर्थकले लगातार सामाजिक सञ्जालमार्फत् थर्काउन थालेका थिए। थुप्रै धम्कीपूर्ण सन्देश आउन थालेका थिए। ‘म प्रशिक्षण गरिरहेकै समयमा कसैले मलाई सन्देश पठायो,’ उनले भनिन्, ‘तिनीहरूले मेरो बाबुलाई गलत सूचना र सन्देश पठाउने गर्थे। मेरो परिवारमाथि समेत यसरी आक्रमण हुन थालेपछि बेस्सरी रोएकी थिएँ’, उनले भनिन्, ‘म लगातार ओलम्पिकको तयारी गरी रहेकी थिएँ। यस समयमा बहुतै कठिनसँग आफूलाई एकत्रित गरेकी थिएँ।’ यो घटनाले डियाजको मानसिक स्वास्थ्यमा नै असर गरेको थियो।

यसै समयमा कोरोना महामारी पनि आयो। सबै सीमा बन्द थिए। हवाई यातायात पनि बन्द थिए। उनी भने मलेसियामा प्रशिक्षण गरिरहेकी थिइन्। त्यसै समयमा प्रशिक्षक तथा उनका प्रेमी जुलियस नारान्जोले नयाँ उपाय निकाले। पार्किङ क्षेत्रलाई प्रशिक्षण गर्ने स्थान बनाएका उनीहरूले पानीका जारलाई बाँसको काठमा झुन्ड्याएर अभ्यासका लागि प्रयोग गरेका थिए।

‘म निराशामा परेको थिएँ। मैले यो एक या दुई साता मात्र हुन्छ भन्ठानेको थिएँ। मेरा प्रशिक्षक एक ग्वाम तथा अर्का एक चीनबाट थिए। हामी कोही पनि मलेसियाको भाषा बुझ्दैन थियौँ,’ त्यो समयको स्मरण गर्दै उनले भनिन्।

पार्किङ क्षेत्रलाई प्रशिक्षण गर्ने स्थान बनाएका उनीहरूले पानीका जारलाई बाँसको काठमा झुन्ड्याएर अभ्यासका लागि प्रयोग गरेका थिए।

‘टोकियो ओलम्पिक स्थगित भएको समाचार थाहा पाएँ। कतै अर्को एक वर्ष प्रशिक्षणलाई निरन्तरता दिन नसकिने त होइन भन्ने चिन्ताले अत्तालिएकी थिएँ । जब मैले खल मन विज्ञसँग कुरा गरेँ, मलाई बेस्सरी रुन मन लागेको थियो। उनीहरूले सबै कुरा विस्तारै ठिक हुने भन्दै मलाई सम्झाएका थिए’, उनले थप बताइन्। उनी अगाडि भन्छिन्, ‘म जित्न सक्छु भन्ने मलाई थाहा थियो। कुनै ठाउँमा प्रदर्शन गर्नुअघि आफै माथि विश्वास गर्नैपर्छ।’

‘जब म त्यहाँ गए, यो मेरै दिन भएको महसुस गरेँ। मैले भगवानमाथि विश्वास गरेँ। सबै भन्दा महत्त्वपूर्ण कुरा मैले आफैमाथि विश्वास गरेँ’, उनले स्वर्ण पदक जितेको समयको स्मरण गरिन्।

जब उनी देशमा फर्किइन्। त्यहाँ भव्य स्वागत गर्ने मध्य तीनै राष्ट्रपति डुटरेट पनि थिए। राष्ट्रपतिले विगतका सबै कुरा बिर्सनु पर्नेमा जोड दिएका थिए। राष्ट्रपतिले भिडियो कल गरेर फिलीपीनो खेलाडीले प्राप्त गरेका सफलतामा आफूले गर्वको महसुस गरेको बताएका थिए। यसपछि नै उनले राष्ट्रपति निवासमा भेट्न बोलाएका थिए।हालै सम्पन्न निर्वाचनबाट डुटरेट पदमुक्त भएका छन्। यसै निर्वाचनमा विजयी राष्ट्रपतिले लगत्तै पदभार ग्रहण गर्ने छन्।

राष्ट्रपतिले भिडियो कल गरेर फिलीपीनो खेलाडीले प्राप्त गरेका सफलतामा आफूले गर्वको महसुस गरेको बताएका थिए। यसपछि नै उनले राष्ट्रपति निवासमा भेट्न बोलाएका थिए।

उनले विवाह गर्ने निश्चित भइसकेका प्रशिक्षक नारान्जोले नयाँ घरको बारेमा अझै सोचेका छैनन्। डीयाज रातारात राष्ट्रिय हिरो भएकी छन्। उनले करिब १ लाख ५० पाउन्डको पुरस्कार रकम पनि पाइसकेकी छिन्।

यो सफलतापछिका उनका उपलब्धि यत्तिमा सीमित छैनन्। थुप्रै टिभी विज्ञापनमा भ्याइ नभ्याई भएका उनका लागि प्रायोजक आफै पछाडि लाग्न थालेका छन्। त्यहाँको हुलाकमा सम्मान स्वरूप उनको टिकट तयार पारिएका छन्।

थुप्रै कार्यक्रममा युवालाई उत्साहित गराउन उनका लागि बोलाउने गरिन्छ। धेरै युवाहरू उनीबाट प्रेरणा लिएर नयाँ भविष्यको गोरेटो कोर्न थालेका छन्।

उनी आफू खेलकुदमा भएकै कारण सुरक्षित भएको महसुस गर्छिन्। उनी अझै पनि महिलाको आत्मबलको विकास र वृत्तिका लागि खेलकुद सबैभन्दा उपयुक्त क्षेत्र हुन सक्नेमा आवाज उठाइरहेकी छन्। -बीबीसी, ओलम्पिक न्युज

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : २७ बजे

नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त

काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित

दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुटौँ: विमलेन्द्र निधी

जनकपुर– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले दलीय आस्थाभन्दा माथि उठेर

गुल्मीको मदानेमा सुत्केरीलाई एम्बुलेन्स र २० युनिटसम्म विद्युत महसुल नि:शुल्क

काठमाडौं– गुल्मीको मदाने गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले मदाने गाउँपालिकाका स्थानीयलाई

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी 

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको