‘९५ प्रतिशत स्वास्थ्य समस्या हामी आफैँले निम्त्याउछौँ’ « Khabarhub

‘९५ प्रतिशत स्वास्थ्य समस्या हामी आफैँले निम्त्याउछौँ’



ढाड, कम्मर दुख्ने समस्याको समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । पहिले भन्दा अहिलेका युवा पुस्ता यो समस्याबाट बढी ग्रसित छन् । आज भन्दा दश वर्षअघिको कुरा सुन्दा युवा पुस्ता भन्दा पनि वृद्ध वृद्धामा यस्तो समस्या बढी देखिने गर्थ्यो । वृद्ध वृद्धामा प्राकृतिक रूपमा हड्डी खिइएर यो समस्या देखिने गर्थ्यो । तर आजभोलि यो समस्याबाट युवा पुस्ता ग्रसित हुने गरेका छन् । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ । शरीर कमजोर हुँदै जान्छ । समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ ।

सक्रिय जीवन डिजिटलले निष्क्रिय बन्दै जाँदा
आज भोलि हामी बोइलर कुखुरा जस्तै भएका छौँ । सक्रिय जीवनबाट डिजिटल लाइफमा परिणत भएका कारणले यो समस्या बढ्दै गएको छ । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ शरीर कमजोर हुँदै जान्छ । एक्टिभिटीको कमीले डिप्रेसनदेखि मानसिक समस्यासम्म मधुमेहदेखि मुटु रोगसम्म बढ्दै गएको छ । साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लाग्छ भनेर विभिन्न मेडिकल तथ्यले भनेका छन् ।

आजभोलि डिजिटल लाइफले हाम्रो मेकानिकल समस्या निम्ताएको छ । मेकानिकल समस्याले पछि न्युरोलोजिकल, मस्कोलोटिकल समस्या निम्ताउँछ । हामीले आजभोलि काम गर्नै छोड्यौ । बसी बसी काम गरेका छौँ । प्रकृतिसँग हुर्कने समय नपाएका कारण पनि समस्या बढिरहेको छ । अन्य कारणहरू पनि छन् । जस्तै जन्मजात आउने समस्याहरूले ३० वर्ष पछि समस्या देखाउँछन् ।

हाम्रो कम्मरमा पाँच वटा हड्डी हुन्छन् । नेपालमा दशदेखि पन्ध्र प्रतिशतमा चार वटा मात्र हड्डी र केही केहीमा छ वटा हड्डी पाइन्छ । यसलाई लम्बारजेसन र प्याक्राराइजेसन भनिन्छ । यसले गर्दा नसा च्यापिने ढाड कम्मर दुख्ने समस्या निम्ताउँछ । जन्मजात आउने अर्को कारण थुप्रै हड्डिहरु जोडिएका हुँदैनन् ।

यसले पनि समस्या आउँछ । उमेर बढ्दै जाने बेलामा पनि समस्या आउँछ । खानपिन व्यायाम जीवनशैली नमिल्दा पनि समस्या आउँछ । लकडाउनपछि यस्ता समस्या धेरै देखिएको छ । अप्राकृतिक र डिजिटल लाइफले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटिरहेको छ । अहिलेका युवा पुस्ता कुलतमा फस्ने क्रम पनि बढ्दो छ ।

यसले पनि समस्या ल्याएको छ । गाउँघरमा काम गर्दा लडेर चोटपटक लाग्छ भने सहरमा दुर्घटना भइरहेको छ । यो कारणले पनि समस्या निम्तिन्छन् । कहिलेकाहीँ दुर्लभ रूपमा क्यान्सर, ट्युमरले गर्दा, केहीमा पाठेघरका समस्या, तल्लो पेटका समस्या, थाइराइड, हर्मोनका समस्या, मेटाबोलिक डिजिज लगायतले पनि समस्या देखा पर्छन ।

समस्या हुने कारण
मेरुदण्ड भित्र भएको नशा कुनै हाम्रो दिमागबाट आउँछ । दिमागबाट आउने नशाहरू जुन मेरुदण्डबाट गएको हुन्छ । त्यो नशाहरू हातमा देखिने नशा होइनन् । स्नायु नशाहरू गर्धनबाट हातमा खुट्टामा सप्लाइ हुन्छन् । गर्धनमा समस्या आउँछ भने पछि त्यो समस्या हात खुट्टामा पनि आउँछ । यस्तो समस्या मेकानिकल समस्या हो । औषधी खाएर यो समस्या समाधान हुँदैन । औषधीले दुई चार दिन त ठिक होला । तर पछि समस्या आइहाल्छ । निदान नगरेसम्म त ठिक हुने कुरै भएन ।

नेपाल प्रोटोकल भएको देश होइन नि । मैले विदेशका धेरै देशमा काम गरे त्यहाँ कसलाई भेट्ने, कसलाई निफर गर्ने सिस्टम हुन्छ । यहाँ डाक्टरलाई दोष दिएका हुन्छन् । पहिले कसले हेर्ने हो भन्ने प्रोटोगलको नेपालमा विकास भएको छैन ।

रोगको निदान बारेमा थाहा नहुनु
नेपालमा सबैभन्दा कमजोर पक्ष भनेको डायग्नोसिस हो । रोगको निदानको बारेमा थाहा नपाउँदा पनि समस्या बढेको छ । नेपालमा रोगको निदान पक्ष कमजोर भएका कारण मान्छे भारत, थाइल्यान्डसम्म गएका छन् । हाम्रो अस्पतालमा डायग्नोसिकलाई हामी विशेष ध्यान दिन्छौ । यो कारणले तपाइलाई समस्या भएको हो भनेर जानकारी दिन्छौँ ।

साधारण फिजिसियनकोमा गयो भने अर्कै उपचार गर्छ । न्युरोलोजिस्ट कहाँ गयो भने अर्कै उपचार गर्छ । म कहाँ आउनु भयो भने कहाँनेर समस्या भएको छ भनेर म विस्तृत रूपमा भनिदिन्छु । म रोगीलाई शिक्षा पनि दिन्छु । एउटा विशेषज्ञलाई जँचाउन जानै पर्छ । घरमा बसेर मात्र हुँदैन । गुगल, युट्युब हेरेर यही नै भएको हो भनेर बस्नु हुँदैन । रेड फल्याग, एल्लो फल्याग र ब्ल्याक फल्याग गरी तीनवटा चरणमा रोगको विभाजन हुन्छ । आफ्नो अवस्था बुझेर तुरुन्तै उपचार गराउनु पर्दछ ।

निदानको उपाय

हरेक बिरामीले थाहा पाउनुपर्ने आफूलाई के को समस्या हो त्यो बुझेर तुरुन्तै विशेषज्ञकोमा जानु पर्छ । कुनै चिकित्सक कहा गएपछि उनीहरुले पनि सबन्धित विशेषज्ञकोमा नपठाउने गर्नाले पनि समस्या बढ्छ । पहिले फिजिसियनले हेर्ने, दोस्रोमा सबन्धीत बिशेषज्ञले हेर्ने, तेस्रोमा सर्जनले हेर्ने त्यसपछि फेरी सम्बन्धित विशेषज्ञले हेर्ने हुन्छ ।

तर नेपालमा खासै प्राक्टिसमा छैन । हामी रुमल्लिएर बस्नु हुँदैन । जाँच गर्न गइहाल्नुपर्छ । बिरामी चिकित्सक कहाँ गएपछि यो कसरी भयो के गर्दा ठिक हुन्छ ? के खादा ठिक हुन्छ ? भनेर सल्लाह लिनु पर्दछ । यस्ता रोगलाई ठुलो बनाएर डराउनु पनि हुँदैन । लक्षण देखिने बित्तिकै उपचार गर्न जानु पर्छ ।

समस्या हुनै नदिन के गर्ने ?
समस्या भयो भन्दैमा डराउनु पर्दैन । कहिलेकाहीँ ढाड कम्मर दुख्यो भने मालिस गर्दा ठिक हुन्छ । सड्केको बेला, चोटपटक लागेको बेला मालिस गर्न त भएन । यसको उपचारमै ध्यान दिनु पर्छ । ९५ प्रतिशत समस्या त हामीले आफै निम्त्याएका हुन्छौँ । यसका मुख्य कारण भनेको मेकानिकल कारण हो । हामीले बस्ने तरिकामा ध्यान दिएका हुँदैनौँ ।

सुत्दा, बस्दा, काम गर्दा शरीरको गलत रूपमा प्रयोग हुन्छ । विशेष गरी बस्ने पोजिसनमा ध्यान दिँदा धैरै समस्याबाट मुक्त हुन सकिन्छ । साथै खानपिनमा ध्यान दिनाले पनि यस्ता रोगबाट बच्न सकिन्छ । हरियो सागपात, फलफूलका साथै व्यायाममा ध्यान दिनु पर्छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : ५८ बजे

तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाँण विजयी

काठमाडौं– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित

इरानमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

काठमाडौं– इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा

नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त

काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित

दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुटौँ: विमलेन्द्र निधी

जनकपुर– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले दलीय आस्थाभन्दा माथि उठेर