सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा | Khabarhub Khabarhub

सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।

अर्थतन्त्रको संकट टार्न मन्त्रालयले सरकारी कार्यालमा हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताए । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री शर्माले बताए ।

सर्वसाधारणलाई समेत पेट्रोलियम इन्धनको प्रयोग घटाउन आ ह्वान गर्नेगरी प्रस्ताव गरिएको उनले जनाए । भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने विषयमा पनि सरकार लागि परेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : १७ बजे

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक