हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गराउँदै « Khabarhub

हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गराउँदै


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हृदयेश त्रिपाठीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्रिपाठीले शुक्रबार जनता प्रगतिशील पार्टी नामक दल दर्ताका लागि निवेदन दिएका हुन् ।

पार्टीका महासचिव ईश्वरदयाल मिश्रले दलको विधान, घोषणापत्रलगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएको जानकारी दिए ।

३० सदस्यीय कार्यसमितिमा १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनले जनाए ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा डा. शिवजी यादव र तीन जना उपाध्यक्षमा हर्कलाल सिंह राजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा. भरतकुमार थापा रहेका छन् ।

यसअघि भएको प्रतिनिधिसभा चुनावमा त्रिपाठी सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : १९ बजे

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा