कालीकोटका स्थानीय तह निमित्तका भरमा | Khabarhub Khabarhub

कालीकोटका स्थानीय तह निमित्तका भरमा


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मान्म–कालीकोटका नौवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायतका अन्य विभागका कर्मचारीले कालीकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् ।

उपसचिवको दरबन्दी रहेको रास्कोट नगरपालिकामा पशुसेवाका आठौँ तहका प्राविधिक कर्मचारी जवानसिंह बम, खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारी जसीप्रसाद चौलागाई र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौँ तहका कर्मचारी लक्ष्मणप्रसाद चौलागाईंलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, पलाँतामा छैटौँ तहका कर्मसिंह बम, सान्नी त्रिवेणीमा छैटौँ तहका नेत्रबहादुर शाही, शुभकालिकामा छैटौं तहका केन्द्रबहादुर शाहीलार्ई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । उनीहरु पशु सेवा प्राविधिकतर्फका अधिकृत हुन् ।

पचालझरनामा प्रशासनतर्फका अधिकृत वीरेन्द्रवहादुर बम र नरहरिनाथमा अधिकृत गणेशमान सिंहलाई जिम्मेवारी तोकिएको छ । कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह सञ्चालन गर्नु परेको शुभकालिका गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईंले बताए । ‘गाउँपालिकामा प्रशासनतर्फका अधिकृत रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रहने भन्ने छ,’ उनले भने, ‘दुर्गम कुनै कर्मचारी आउन नमान्ने भएकाले हामीले लामो समयदेखि निमिक्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम चलाउँदै आएको छौँ ।’

प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि नआउँदा विकास निर्माणमा काममा असर पर्ने भएकाले निमित्त भरमा लामो समयदेखि काम गर्दै आएको रास्कोट नगर प्रमुख काशीचन्द बरालले जानकारी दिए । ‘विकासका निर्माणका काम रोक्नु भएन । उपसचिव दुर्गममा नगरपालिकामा आउन मान्दैनन्,’ उनले भने, ‘त्यसैले पनि निमित्तका भरमा स्थानीय तहका सरकार चलाइरहेका छौँ ।’

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : १५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने