सरकारकाे तथ्यांक विश्वसनीय हुनुपर्नेमा सांसदहरूको जोड | Khabarhub Khabarhub

सरकारकाे तथ्यांक विश्वसनीय हुनुपर्नेमा सांसदहरूको जोड


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरूले देशको तथ्यांक विश्वसनीय र गोपनीय हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा तथ्यांक विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसदहरूले देशको तथ्यांक गोपनीय र विश्वसनीय हुनुपर्ने बताएका हुन् ।

एमाले सांसदहरू विद्या भट्टराई, कुमारी तुलसा थापा, खगराज अधिकारी, नवराज सिलवालले तथ्यांक ऐन आवश्यक रहेको भन्दै विश्वसनीय बनाउनुपर्ने बताए । अहिलेसम्म राष्ट्रिय योजना आयोग मातहतमा रहँदै आएको केन्द्रीय तथ्यांक विभागलाई स्वायत्त बनाउन तथ्यांक विधेयक आउनु स्वागतयोग्य भएको उनीहरू भनाइ थियो ।

गृहमन्त्री बालकृष्ण खाँणले बुधबारको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए । सांसद सिलवालले अहिले बजारमा विभिन्न एनजिओ, आइएनजिओले आफ्नो माध्यमबाट तथ्यांक प्र्रस्तुत गर्ने गरेको तर सरकारको आफ्नै तथ्यांक नभएकाले छुट्टै ऐन आउनु राम्रो काम भएको बताए ।

सांसद चाँदताराले अन्तर्राष्ट्रिय समुदायले नेपालको तथ्यांक विश्वसनीय नभएको बताएकाले नेपाल सरकारले आफ्नै तथ्यांक प्रस्तुत गर्ने गरी विधेयक ल्याउनु खुसीको कुरा भएको बताइन् । नयाँ किसिमको तथ्यांक आवश्यक रहेको उनको भनाइ छ । नेपाल सरकारको आफ्नै तथ्यांक नहुँदा निकै समस्या भएको उनले बताइन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ३४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई