अलपत्र बेलहिया सडक निर्माण अघि बढाउन ठेकेदार तयार, अनुगमन समिति गठन | Khabarhub Khabarhub

अलपत्र बेलहिया सडक निर्माण अघि बढाउन ठेकेदार तयार, अनुगमन समिति गठन


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बेलहिया–गोलपार्क व्यापारिक मार्गको चौतर्फी आलोचना हुन थालेपछि सरोकारवाला निकायले चासो देखाएका छन् ।

विभिन्न ठाउँमा भइरहेको काम पनि अलपत्र परेपछि निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउनका लागि अनुगमन समिति गठन गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहजिकरणमा सोमबार आयोजित अन्तरक्रिया पश्चात् बुटवल र सिद्धार्थनगरतर्फ अनुगमन समिति गठन भएको हो ।

बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना अन्तर्गत निर्माणधिन सडक अलपत्र पारिएपछि सोमबार ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सन सहित सरोकारवालाहरुको बैठकले  बुटवल र सिद्धार्थनगर क्षेत्रमा अलपत्र रहेको सडक छिट्टै सम्पन्न गर्नुपर्ने सहित प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिति निर्माण गरिएको थियो ।

बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना अन्तर्गत रुपन्देहीको बेलहिया नाका क्षेत्रमा अलपत्र पारिएको सडक निर्माण कार्य शनिवारदेखि सुरु गर्ने ठेकेदार कम्पनीले प्रतिवद्धता जनाएको छ ।

सोही निर्णय अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिकामा सडक निर्माणका लागि बसेको बैठकमा ठेकेदार कम्पनीका प्रतिनिधि सुमित श्रेष्ठले आफूले साउन २८ गते (शनिवार) देखि निर्माण कार्य सुरु गर्ने प्रतिवद्दता जनाए । उनले साइट क्लियर भएको स्थलमा आफूले निर्माण सुरु गर्ने दशैँसम्म सम्पन्न हुने गरी काम गर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खानले मुलुक-नगरको सौन्दर्यकरणका लागि निर्माण व्यवसायीको पनि भूमिका रहने भएकोले भूमिका खेल्न आग्रह गरे । उनले फुलमाला लगाएर पठाउन सक्ने गरी गुणस्तरीय काम छिटो सम्पन्न गर्न आग्रह गरे । विशेष अनुगमन सहजीकरण समितिका संयोजक सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यलले शनिवार देखि सुरु हुने सडक निर्माणको आफूहरूले अनुगमन गर्ने र नागरिकलाई सास्ती नहुने गरी निर्माण सम्पन्न गर्न आग्रह गरे ।

बैठकले साइट क्लियर भएको स्थानमा साउन २८ गते देखि सब–बेसको कार्य गर्ने, साइट क्लियर नभएको स्थानमा नगरपालिका लगायत सरोकारवाला निकायहरुबाट आवश्यकता अनुसार यथोचित सहयोग तथा समन्वय गर्ने निर्णय भएको समिति संयोजक एंव नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए ।  त्यस्तै निर्माण व्यवसायीले पेश गरेको कार्य योजनाअनुसार समयमै कार्य पूरा गर्ने र आयोजना कार्यालयले प्रभावकारी अनुगमन गर्ने, समितिको बैठक कम्ती १५ दिनमा बस्ने निर्णय भएको उनले बताए ।

सिद्धार्थनगर नगरपालिका तर्फको सडक निर्माणका लागि सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । जसको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विद्युत् कार्यालय भैरहवाका प्रमुख, खानेपानी संस्थान भैरहवाका प्रमुख, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष, निर्माण कम्पनीका तर्फबाट ठेकेदार सुवित श्रेष्ठ सदस्य रहेका छन् भने बेलहिया–बुटवल–गोलपार्क सडक विस्तार आयोजनाका कार्यालय प्रमुख दिपक झा सदस्य सचिव रहेका छन् ।

समितिले ७-७ दिनमा बैठक बसी प्रगति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने, निर्माण कम्पनीले लुम्बिनी प्रादेशिक अस्पतालदेखि माथिको सडक पिच पुरा गर्ने, निर्माण व्यवसायीले पेश गरेको कार्य योजना अनुसार कार्य पुरा गर्ने र सडक आयोजना प्रमुखले प्रभावकारी अनुगमन र निरीक्षण गर्ने सहमति भएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : १० बजे

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको