'मोटोपन नियन्त्रण गर्दा महिलाको प्रजनन् समस्या घट्छ' | Khabarhub Khabarhub

‘मोटोपन नियन्त्रण गर्दा महिलाको प्रजनन् समस्या घट्छ’

‘एकपटक यौनसम्पर्क गरेपछि प्रजनन् रोग विशेषज्ञसँग जाँच गराउनुपर्छ’



काठमाडौं– भारतमा धेरै देखिने गरेको महिला प्रजनन् सम्बन्धी रोग नेपालमा पनि समस्याका रुपमा बढेको छ। ‘पोलिसिष्टिक ओभरीयन सिन्ड्रोम’ पीसीओसी नामक रोग नेपालमा झन्डै ५० प्रतिशत महिलामा देखिने गरेको तथ्यांक छ। २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै हुने गरेको चिकित्सक बताउँछन्। कतिपय महिलालाई यो रोगको कारण नै थाहा नहुनु पनि समस्या मानिएको छ। कतिलाई थाहा भएर पनि घरपरिवारमा भन्न अप्ठ्यारो मान्नु र डाक्टरसँग सुझाव लिन पनि लाज मान्दा महिलामा मुख्य समस्याका रुपमा यो रोग बढिरहेको पाइन्छ। आफ्नो जीवन शैलीलाई धेरै बिलासी बनाउँदा पनि यस्ता समस्या बढेका छन्। यस्तै विषयमा केन्द्रित रहेर वात्सल्या अस्पतालमा कार्यरत प्रजनन् रोग विशेषज्ञ निजाराज भण्डारीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

यो पीसीओडी समस्यालाई सजिलोसँग कसरी बुझ्न सकिन्छ ?
यो समस्या महिलाको शरीरमा हर्मोन डिसअर्डर भएपछि देखा पर्दछ। यो सबै जनामा देखिँदैन। यो ‘हेरिडिटी’ले गर्दा पनि हुन सक्छ। यो अहिलेको जीवनस्तर जहाँ बाहिरका खानेकुरा ‘जङफुड’हरू खान्छौ। जसले गर्दा मोटोपना बढ्छ र महिलामा यो समस्या देखिएको छ। पहिलाको जमानामा डाइग्नोसिस थिएन होला। तर, अहिले यो धेरै देखिएको छ।

कस्तो कस्तो लक्षण देखा पर्दछ ?
पहिला महिनावारी समयमा नहुने २१ दिन भन्दा कम र ३५ दिन भन्दा बढीमा भयो भने जाँच गर्नु पर्दछ। यो समस्या भएपछि पिम्पल्स आउने, शरीरमा धेरै कपाल आउने गर्छ।

यो समस्या कुन उमेर समूहमा धेरै देखिने गर्छ ?

१५ देखि ४५ वर्षसम्म हुन्छ। तर, यो धेरै महिनावारी सुरु हुने समयमा नै हुन्छ। कसैको पहिला नै हुन्छ। जाँच नगर्दा निःसन्तान समस्या पनि ल्याउँछ।

यसले निःसन्तानपन मात्र निम्त्याउने हो कि अरू पनि समस्या देखिन सक्छन ?
महिलाहरूमा महिनावारी नियमित भएन, डिम्बाशयबाट अण्डा निस्किएन भने निःसन्तान समस्या आउँछ। पोलिसिष्टिकमा पनि इन्सुलेन्ट हर्मोन शरीरमा उपयोगी हुन पाउँदैन। जसले गर्दा पछि गएर अरू समस्या पनि आउन सक्छ। जस्तो डाइबिटीज हुन सक्छ। मोटोपन बढ्दै जान्छ। महिनावारी नियमित भएन भने पाठेघरको भित्रको रगत बग्ने लाइन क्यान्सर हुन सक्छ।

बच्चा पेटमा भएको आमामा यो समस्या भयो भने उसको सन्तानमा सर्छ कि सर्दैन ?
कसै–कसैमा समस्या आउन सक्छ। तर, एउटामा आयो भने अर्कोमा जसरी पनि आउनै पर्छ भन्ने छैन। यसको लागि नियमित जीवनशैली राम्रो बनाउनुपर्छ। नियमित जीवन शैली नै यसको उत्तम उपचार विधि बन्नसक्छ।

यो समस्या देखा परेपछि घरमा नै केही गर्न सकिन्छ कि अस्पतालमा नै जानु पर्छ ?  
यो उमेर अनुसार भर पर्दछ। भर्खर १५ देखि २१ वर्ष हुनुहुन्छ भने कम्तीमा पनि वर्षमा ४ पटक महिनावारी हुनै पर्दछ। त्यो समयमा पहिलो पटक महिनावारी हुने हुँदा अलिअलि गडबडी हुन्छ। त्यो बेला नियमित नहुन पनि सक्छ। तीन महिनामा एक पटक भयो भने जाँच गराउनै पर्छ भन्ने छैन। तर, तौल धेरै छ भने पछि गएर प्रेसर डाइबिटीजहरु बढी हुने भएकोले हामीले पहिला तौल घटाउन मद्दत गराउँछौ। किशोर अवस्थामा पिल्ल चक्की दिन्छौं। यसले परिवार नियोजनको रूपमा मात्र काम नगरेर महिनावारी समयमा गराउँछ। २० देखि ३० वर्ष माहिलालाई जो भर्खर विवाह गर्नु भएको हुन्छ, उहाँहरूमा निःसन्तानको समस्या हुन्छ। जसलाई हामी अण्डा बन्ने औषधि दिन्छौँ। जुन मुखबाट पनि खान मिल्छ। लो–डोजको हर्मनलाई सुइबाट पनि गर्न सकिन्छ। बाहिरबाट हर्मन दिएर जाँच गछौँ। त्योबाट पनि भएन भने हामी आईबीएफमा जान्छौँ। कडा डोजमा हर्मन प्रयोग गरिन्छ।

उपचारमा गएपछि सफल हुने र पहिलाकै अवस्थामा आउने सम्भावना कति हुन्छ ?
पोलिसिष्टिक भनेको एउटा कन्डिसन हो। एक पटक रह्यो भने यो छ भन्ने हुन्छ। यसको लागि कसरी नियन्त्रण गर्ने भन्नेमा भर पर्दछ। यसको पहिलो नियन्त्रण गर्ने भनेको मोटोपन हो। मोटोपन नियन्त्रण गर्न सकियो भने पहिलाकै अवस्थामा आउन पनि सक्छ।

यो समस्या आउन नदिन के के कुरामा ध्यान दिने ?
आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने, शारीरिक व्यायाम गर्ने, मोटोपन पनि घटाउने खानपानमा विशेष ध्यान दिने महिनावारीको समयमा जाँच गर्नुपर्छ।

अन्त्यमा, यो विषयमा भन्न छुटाउनै नहुने कुरा केही छ कि ?
आजकलको महिलाले सुरुदेखि नै रोगको पहिचान गर्नु पर्दछ। १८ वर्ष पुगेपछि एक पटक स्त्री रोग विशेषज्ञलाई भेट्ने गर्दा राम्रो हुन्छ। एक पटक यौन सम्पर्क भएपछि विवाह भए पनि नभए पनि स्त्री रोग विशेषज्ञलाई भेट्न जानुहोला। पीसीओडी मात्र नभई अरू समस्याको पनि पहिचान हुन्छ। (प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ५५ बजे

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा