श्रीलंका संकट : प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने | Khabarhub Khabarhub

श्रीलंका संकट : प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – अभूतपूर्व आर्थिक संकटकाबीच महिनौँदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ ।

यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन् ।

‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्’ श्रीलंकाका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भन्यो ।

प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिए पनि उनीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्रीको गाडीमा तोडफोड गरेका थिए ।

मे महिनामा प्रधानमन्त्रीमा नियुक्त भएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ६ : ३५ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल