मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा | Khabarhub Khabarhub

मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । 

मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् । 

सर्वोच्चले पनि २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो ।त्यहीबेला मनाङबाट उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भए । निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । 

यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुनामुक्त भए । तर, थुनामुक्त गर्ने सर्वोच्चकै आदेशविरुद्ध पुनरावलोकन मुद्दा परेको हो । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : १५ बजे

रमेश लेखक भन्छन् : संसद्‍मा राष्ट्रपतिको सम्बोधन सुन्छौँ, अरु विषयमा प्रवेश गर्न दिँदैनौँ

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी राष्ट्रपति रामचन्द्र

पूर्वराजा शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा

धितोपत्र व्यवसायीको कमिसन घट्यो 

काठमाडौं– नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरि धितोपत्र व्यवसायीको सेवाशुल्क

कांग्रेसले गिरीबन्धु टि-स्टेट प्रकरण पनि संसद्‍मा उठाउने

काठमाडौं- सहकारी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि

पूर्व सांसद रेग्मीको निधन

वालिङ– पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली