सिंहदरबारको भ्रष्टाचार टोलमा आयो, हटाउन खोज्दैछु | Khabarhub Khabarhub

सिंहदरबारको भ्रष्टाचार टोलमा आयो, हटाउन खोज्दैछु

‘सडक र कृषि एकसाथ विकास गर्न योजना अगाडि सार्छु’


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : खोटाङको सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पनि देशका अन्य पालिका जस्तै चुनावमय बनेको छ । सहरतिर बस्नेहरु पनि यतिखेर चुनावी प्रचारप्रसार र मतदानका लागि गाँउ फर्किएका छन् । अब निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा दलहरु प्रचार प्रसारको अन्तिम समयमा छन् । पर्यटकीय दृष्टिकोणले परिचित नगरपालिकाको नेतृत्व लिने दौडमा यसपटक तीन जनाको उम्मेद्वारी परेको छ । यसअघिको निर्वाचन २०७४ सालमा मेयरमा एमालेबाट दीपनारायण रिजाल र उपमेयरमा विणादेवी राई निर्वाचित भएका थिए । यो निर्वाचनमा ४ दलीय गठबन्धन, एमाले र राप्रपाका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भएको हो । यसै नगरपालिकामा राप्रपाका उम्मेदवार जीवनकुमार श्रेष्ठसँग खबरहबका लागि यमुना रानाले गरेको कुराकानीको सम्पादित अंशः

तपाईको उम्मेद्वारी किन हो ? यो नगरपालिकालाई कस्तो बनाउछु भन्ने सोच छ ?
पार्टीको अस्तित्वको लागि पनि हो । मैले कति काम गरेको छु वा छैन भनेर देखाउने मौका पनि हो । यो दिक्तेल रुपाकोट मजुवा गढिमा पहिला देखिनै भ्रष्टाचार हुँदै आइरहेको छ । त्यसलाई रोक्नको लागि मैले पहिला देखि नै आवाज उठाउदै आएको छु । र, उठाई रहने पनि छु । शिक्षा, सडकको कुरा पनि राम्रोसँग पुगेको छैन । विद्युतको हाई भोल्टेजको लाइनको, शुद्ध पिउने पानीको समस्या छ । बाटोको राम्रो व्यवस्थापन छैन । खर्च मात्र भएको छ । एक बर्षमा ४ पटक बाटो बनाउछौँ । यस्ता विविध कुराहरुबाट भ्रष्टाचारमुक्त नगर बनाउने र भ्रष्टाचार विरोधी भनेर यहाँँका राजनीतिक दल, प्रशासक र जनताहरुले खोटाङका राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता जीवन श्रेष्ठ चाहि भ्रष्टचार विरोधी हो । सुशासन र विकासको कुरा गर्दछ भनेर चिनिएकोे छु । मैले संघियताको बिषयमा, स्थानिय पुर्नसंरचनाको बिषयमा हाम्रो दिक्तेल हट्यो । सम्पुर्ण सास्ंकृतिक संरचनाको संरक्षणका बिषयमा पनि कुरा उठाइयो । बक्सिङले हान्दा पनि बिल्डिङहरु भत्किने समस्या छ । त्यसको दिगो विकासको लागि पनि आवाज उठाएको छु । त्यसकारण निर्वाचनमा जितेर मैले नेतृत्व गर्ने मौका पाएँ भने यो नगरलाई भ्रष्टचार मुक्त बनाउने मेरो उदेश्य छ ।

शिक्षा र स्वास्थ्यमा के कस्ता योजनाहरु छन् त ?
शिक्षामा यहाँबाट निस्किने बिद्यार्थीहरु अन्तर्राष्ट्रिय विद्यार्थीसँग प्रतिष्पर्धी हुन सकून । स्वास्थ्यमा सुत्केरीलाई प्रसूतिमा प्लास्टिकको जगहरु बाल्टिहरु दिएर पठाइन्थ्यो । त्यसमा कसैले आवाज उठाउदैनथ्यो । तर मैले उठाएँ । सुत्केरीका लागि गेडागुडि मात्र दिने व्यबस्था छ । तर त्यतिले पुग्दैन । पौष्टिक खाने कुरा तेल लगाएतका सामग्रीहरु दिनुपर्दछ । त्यो योजना मैले अघि सारेको छु ।

तपाईको अनुसार अहिलेसम्म धेरै भ्रष्टचार छ, नगरपालिकामा ?
भ्रष्टचार मुक्त समाज बनायो भने हाम्रो युवाहरु विदेश जान पर्दैन । कृषिमा विकास निर्माणका काममा रोजगारी सिर्जना हुन्छ ।

खानेपानी समस्या समाधानको लागि के योजना छन त ?
शुद्ध खानेपानीको धेरै अभाव छ । वैकल्पिक खानेपानीका स्रोत छन् । त्यसलाई नगरकै वडाहरुबाट पनि आउन सक्छ । एक वडा र अर्काे वडाबीच समन्वय गर्न नसकेर त्यो पानी आएको छैन । माथि १०/११ वडामा पानी छ । त्यस ठाउँका मानिसहरुलाई सहि किसिमको सुविधा दिएर अथवा कति महिनाको कति पैसा दिने भन्नेबारे समन्वय गरेर पानी ल्याउन सकिन्छ । त्यो व्यवस्था हामीले जित्यौँ भने गर्न सक्छौँ ।

महिलाहरुको रोजगारको लागि वा क्षमता विकासको लागि के कस्तो योजनाहरु छन् ?
महिलाको सबैभन्दा महत्वपुर्ण कुरा भनेको शिक्षा हो । एउटा शिक्षित महिलाले घर परिवार नै शिक्षित बनाउन र परिवार स्वस्थ्य बनाउँछिन् । त्यसकारण मैले जितेँ भने महिलालाई डिप्लोमासम्म निःशुल्क पढाउने छाँै । महिलाको बिषयमा पोषणको कुरा सुत्केरी अवस्थामा चाहिने जति पौष्टिक तत्वको व्यवस्था गर्नेछौँ । तीन महिनासम्म सुत्केरी भत्ता दिने पनि भनेका छाँै ।

अहिले देशको मुख्य समस्या भनेको युवाहरु बढि विदेश पलायन हुने, गाँउघरबाट बसाई सरेर गाँउघर रित्तिने, जग्गा जमिन बाँझो रहने भएको छ । यहाँ निर्वाचित हुनुभयो भने यसलाई रोक्न के गर्नुहुन्छ ?
युवाहरु सबै विदेश गएपछि नेपालको शिक्षाले जन्माएकोे भनेको लाहुरे त्यो बाहेक अरु रोजगारीको नीति नै छैन । अब नगरपालिकाहरुले पक्का युवाहरुलाई कृषिमा लक्षित गरेर काम गरेबापत यहि रोकेर काम दियौँ भने राष्ट्रलाई टेवा पुग्ने तरिकाले गर्न सकिन्छ । युवाहरुलाई रोक्नको लागि प्राविधिक शिक्षा दिएर उचित मुल्यांकन गरेर पारिश्रमिक दिन सकिन्छ । सडक संजाल प्रत्येक क्षेत्रमा विकास गर्नको लागि सडकको पनि विकास गर्नु पर्दछ । जहाँ कृषक र कृषि भुमि राम्रो त्यहाँ सडक र कृषि दुबैलाई एकै पटक विकास गरेर अगाडि लैजाने हाम्रो योजना छ ।

कतिपय स्थानिय तहलाई भ्रष्टाचारसंगै आफुसंग भएका स्रोत र साधनलाई सदुपयोग गर्न सकेनन् भन्ने आरोप छ । यस पालिकाको स्रोत साधनलाई उपयोग गर्ने योजना के छ ?
गिट्टी बालुवाहरु उत्खनन् भैरहेको छ । त्यसलाई करको दायरामा राखिएको छैन । वन जंगल ठुलो छ । जडिबुटिहरु धेरै छन् । तर त्यो कसले कहाँ लग्यो त्यो थाहा छैन । वन उपभोक्ता समितिले कहिले रोयल्टी खुलायो केहि थाहा हुँदैन । काम नलाग्ने रुखहरु के ग¥यो कसलाई दियो केहि थाहा छैन । कुनै नियम कानुन छैन । त्यसकारण सिंहदरबारको भ्रष्टाचार टोल टोलमा आएको जस्तो भयो । वाक स्वतन्त्रताको कुरा पनि छैन । किनकि कुनै उजुरी नै लाग्दैन । त्यसकारण स्थानिय सरकार पनि अहिलेको अवस्थामा वडाको अधिकार छैन । एउटा मेयरको अधिकार हुने रहेछ । वडा अध्यक्षलाई सम्पुर्ण अधिकार दिन पर्दथ्यो । किनभने उसले वडामा हस्पिटल बनाउँथ्यो कि सडक बनाउँथ्यो कि त्यो उसको जिम्मा भन्ने नै भएन । यहाँ श्रोत र साधनहरु धेरै छन् । जस्तै पानी नभएको ठाउमा पानी दिएर रोयल्टी लिन सकिन्छ । बालुवा गिट्टी धेरै छन् । तीनको सहि रुपमा सदुपयोग छैन त्यसकारण मैले जितेँ भने म यी सबै कामको व्यवस्थापन गर्नेछु ।

तपाईको जित्ने आधार के छ त ?
नीति र सिद्धान्त स्पष्ट छ। जुन देशमा धर्म संस्कृति छैन । त्यसमा जसले जिते पनि कुनै अर्थ रहदैन । हामी संस्कार संस्कृतिमा गएनौँ भने अर्थ रहँदैन । त्यसकारण इमानदारिताका साथ अगाडि बढ्दा अवस्य पनि जितिन्छ । हामी गौतम बुद्ध र पृथ्वीनारायण शाहको सिद्धान्तमा हिँड्छौ । संघियता, धर्मनिरपेक्षित गणतन्त्रको बिषयमा नेपाली जनतालाई अधिकार दिनु पर्दछ । उहाँहरुले ती बिषय चाहिन्छ या चाहिदैन भनेर मतदान गर्न पाउनुपर्छ भन्ने हाम्रो एजेन्डा हो । र, त्यो हामी पुरा गर्छाैँ । हामीले अहिले उठाएको मुद्धा भोलि जनताले खोज्ने छ । त्यसपछि हाम्रो जित हुने छ । यो सार्वभौम सत्ता र राजनीतिक सत्ता त संविधानमा उल्लेख छ । तर जनताले पाएको छैन । त्यसकारण हामी एजेण्डासँग सम्बन्धित छौँ र जित हाम्रो हुनेछ । म गुणस्तरको काम गरेर देखाउने छु । शिक्षा, स्वास्थ्य, यातायातमा भएको अनियमितताको बिषयमा म जिते भने अनुसन्धान गर्नेछु । र, जनताको अगाडि पारदर्शी बन्छ । सुशासनको लागि आवाज उठाउने छौ । त्यसकारण जनताले हामीलाई जिताउनुहुन्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
भ्रस्टाचार विरोधी अथवा भ्रष्टाचार नगर्नेलाई जनताले मत दिने हो भने हामी जित्छौँ । मलाई सबैले भ्रष्टाचार विरोधी नेताको रुपमा यहाँका स्थानीयले चिन्नुहुन्छ । यस पालिकालाई भ्रष्टाचाररहित र विकासोन्मुख बनाउन चाहनुहुन्छ भने मलाई मत दिन अनुरोध गर्छु ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ०१ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत